नेपालमै पहिलोपटक नेपाल मेडिसिटी अस्पतालमा थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया सफल

काठमाडौं । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि(आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एक ३३ वर्षीय पुरुष बिरामीमा सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासंगै, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ । रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स,प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताएका छन् ।

नेपालका आँखा अस्पतालकाे गुणस्तरीय सेवासँगै बढ्याे भारतीय बिरामीको चाप

निजगढ । बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ । आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ । वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताएका छन् । अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो । विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस

दशैं आहारमा कसरी सन्तुलन मिलाउने ?

काठमाडौं । मांसहारीहरूको पर्व समेत भनेर चिनिने दशैं को लागि उपत्यकामा मात्रै २५ हजार भन्दा बढी पशुपंछी भित्रिएका छन् । दशैंको समयमा मासुका परिकार सबैभन्दा बढी बन्ने भएको कारण पनि यसैलाई लक्षित गर्दै हजारौंको संख्यामा पशुपंछीहरू भित्रिएका छन् । अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दशैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ । बनाउन सजिलो, मिठो र सबैलाई मनपर्ने भएकोले पनि मांसाहारी मानिसहरूका लागि मासुको परिकार पहिलो रोजाइ हो । मासुलाई सन्तुलन मिलाएर नखाने हो भने यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । मासुमात्र नभएर जुनसुकै पनि खानेकुराहरूको सन्तुलन मिलाएर नखादा त्यसले स्वास्थ्यमा निकै नै नराम्रो असर पार्छ । प्रस्तुत छ दसैंमा के कस्तो कुरामा खान ध्यान दिने भन्ने विषयमा आहर विज्ञ मिरा शाहसँग गरेको कुराकानीको आधारमा तयार पारिएको स्वास्थ्य टिप्सः धेरै मासु खादाका बेफाईदाहरू धेरै छन् । यसले कोलेस्ट्रोल, मधुमेहको विरामी, युरिक एसिड तथा मुटुको विरामीहरूले मासुको परीकार धेरै मात्रामा खाँदा स्वास्थ्यमा अन्य मानिसको दाँजोमा बढी असर गर्दछ । मासुमा पनि खसी, भैंसी, सुगुरको रातो मासु स्वास्थ्यको लागि घातक हुन्छ । खाने कुरा खादा उमेरले पनि मानिसलाई असर गर्छ । कति उमेरको व्यक्तिले कति खानु उपयुक्त हुन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ । हामीले पाहुना आयो भन्दै दिनभरी खाएको खाएकै गर्नुहँुदैन र खाए पनि हरेक पटक खाँदा २÷३ पिस खानुपर्दछ । कस्तो मासु खाने ? सकभर मासुलाई जिन्दगीबाट केही टाढा नै राखेको राम्रो । मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । यस्तो मासु खादा मानव शरिरलाई त्यति हानी पुर्याउँदैन । मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ त्यसैले चाडवाडमा मात्र नभएर अन्य समयमा पनि पोलेका मासुहरु खानु स्वास्थ्यको लागि राम्रो हुँदैन । बरु यस्तो मासुका परिकार भन्दा ग्रेभिवाला मासु खाँदा राम्रो हुन्छ । त्यो बाहेक ‘लिङ मिट’ जुन छाला र बोसो रहित हुनेगर्छ । त्यस्तो मासु सामान्य मासुभन्दा स्वस्थकर मानिन्छ । सकेसम्म खसीको मासु प्रयोग नगर्दा राम्रो । खाएपनि रातोमासुको तुलनामा सेतो मासु खाँदा धेरै स्वस्थकर मानिन्छ । धेरै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिदैन । स्ट्यान्डर्ड मदिरा मात्र पिउने चाडवाडमा अर्को धेरै प्रयोगमा आउने सामग्री भनेको मदिरा हो । कति मानिसहरू मदिरा सेवन गर्नकै लागि दसैं जस्तो चाडलाई कुर्ने गर्छन् । कामको तनावबाट टाढा र साथीभाइ, परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुशीको रुपमा मनाउनलाई चाडवाडमा यसको व्यापक प्रयोग हुने गर्दछ । तर, मदिरा सेवन कहिले पनि स्वास्थ्यको लागि उचित भने होईन । थोरै मदिरा पनि स्वास्थ्यको लागि फाइदाजनक नभएको अवस्थामा चाडवाडमा अत्याधिक मदिरा सेवनले मानिसहरुमा मुटुरोगको समस्या निम्ताउने गर्दछ । अझै मुटुरोगीहरूले त यसको त झन् सेवन गर्नुहुदैन । मुटुरोग भएका बिरामीहरूले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या आउने भएकोले मदिराबाट टाढा रहन पर्छ । सामान्य अवस्था भएका मानिसहरुले नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मले तय गरेको स्ट्यान्डर्ड ड्रिन्क्स सेवन गर्दा राम्रो हुन्छ । नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मको अनुसार १४ ग्राम मदिरा रहेका कुनै पनि पेय पदार्थलाई स्टान्डर्ड ड्रिंक्स भनिन्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबेटिज एसोसिएसनका अनुसार ह्विस्की, बियर ३४० मिलि, तथा वाइन, साइडर १४० मिलि स्टान्डर्ड ड्रिंक्स हो भन्ने मान्यता रहेको छ । त्यसैगरी मदिरा सेवन गर्नलाई ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरूले दैनिक एक तथा पुरुषहरूले दिनको दुई स्टान्डर्ड ड्रिंक्स पिउन सकिने बताइन्छ । खाली पेटमा रक्सी कहिले पनि नखाने । खाली पेटमा रक्सी खाँदा बेहोस् भइने र अस्पताल नै भर्ना हुने अवस्था आउँछ । धेरै खाएर एकै ठाउँमा लामो समय नबसौं चाडवाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ । जुवातास खेल्ने मानिस लामो समयसम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन् । यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, हाई प्रेसर भएर मुटुको नलीहरू पनि फुटिएको देखिन्छ । त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ । खानामा कार्बोहाईड्रेट कम गर्ने हाम्रो दैनिकको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको चामलको भात र आलु हो । तरकारीको राजा भनेर चिनिने आलुको चाडवाडमा धेरै पारिकार बन्ने गर्छन् । आलु र चामलको भातमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ । जसले सुगरको बिरामीलाई सबैभन्दा बढी असार गर्छ । त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी हुन्छ । यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाउन सकिन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । खानेकुरा साँचेर नराख्ने खानेकुराहरूलाई राम्रोसँग स्टोर गरेर राख्न नसक्दा पनि मानिसहरू चाडवाडमा बिरामी पर्ने गर्छन् । सबैभन्दा पहिला सकेसम्म खानेकुराहरू जति ताजा खायो त्यति नै राम्रो हुन्छ । तर, धेरै नै भएको अवस्थामा खाना साँचेर राख्दा खानालाई हावा नछिर्ने तरिकाले छोपेर राख्नु पर्छ । राम्ररी नछोपेको अवस्थामा हावा छिरेर खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छ । पकाएको मासुका परिकार र नपाएको मासुका परिकारलाई छुट्टाछुट्टै राख्नुपर्दछ र २ दिन भन्दा बढी लामो समय खाना स्टोर गर्नु हुँदैन । धेरै स्टोर गरेको खाना खाँदा फुड पोइज हुने सम्भावना हुन्छ । खाने वित्तिकै नसुत्ने कहिले पनि खाएको वित्तिकै सुत्नु हुँदैन । खाना खाएर सुतेको अवस्थामा मुटुका धड्कहरू बन्द हुन गई मानिसको मृत्यु हुने हुन्छ । त्यसैले पनि हामी कतिपय अवस्थामा बेलुका खाना खाएर सुतेको मानिस बिहान मृत अवस्थामा भेटिन्छ । खाना खाएपछि २ घण्टासम्म सुत्न हुँदैन ।