पप्पुका पक्षमा उभिँदै निर्माण व्यवसायी महासंघले भन्योः यस्तो चालाले देश असफल हुन्छ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने निर्णय प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपक्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गरेर आफुलाई पप्पुका पक्षमा उभ्याएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाई आयोजनाको डुडुवा नगर निर्माणमा ढिलाई गरेको भन्दै कोस्टल पप्पु जेभीलाई कालो सूचिमा राख्ने प्रक्रिया अघि बढाएको थियो । कालो सूचिमा राख्ने प्रक्रिया अघि बढेकाले पप्पुलाई नयाँ ठेक्का नदिन पनि कार्यालयले पत्राचार गरेको थियो । महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पप्पुको वचावट गरेका हुन् । उनले बिनाकारण पप्पुलाई नयाँ ठेक्का नदिन पत्राचार गरिएको र यस्तो कदमले देश नै असफलताको बाटोमा पुग्ने दावी समेत गरेका छन् ।

ताप्लेजुङकाे मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण , मेवा डेभलपर्स प्राइभेटले कार्य शुरू गर्दै

काठमाडौं । मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने उक्त खोलाबाट आगामी पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने आयोजकले जनाएकाे छ । नौ अर्बको लागत अनुमान गरिएको आयोजना मेवा डेभलपर्स प्राइभेट लिमिटेडले निर्माण कार्य थालनी गरेको छ । करीब निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ । हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपीएको कार्य सकिएको कम्पनिका इञ्जिनीयर भानु पोख्रेलले बताएका छन्। अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । कम्पनीले मङ्सिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ । यस्तै फुङ्फुङगे झरना छेउमा इनटेक र लिवाङको नावामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङको भनाई रहेको छ । तीन महीनाभित्र परियोजनाको आइइ प्रतिवेदन आउने इञ्जिनीयर पोख्रेलले जानकारी दिए । फुङ्फुङगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने, छ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ । आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब आठ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशनसम्मको १३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने जनाएका छन् । रासस

एबीबी टेक्नोलोजीजद्धारा प्रविधि दिवसको आयोजना, भौतिक पूर्वाधार पारियोजना र स्वास्थ्यबारे संकेत गर्दै

काठमाडौं । एबीबी १३० वर्षको इतिहास बोकेको विश्वमै पावर ग्रिड्स एलेकट्रीफीकेसन प्रोडक्ट्स, इन्ड्रसट्री अल अटोमेसन् एंड रोबीटीक्स एंड मोसनमा अग्रगामीको भूमिका निर्वाह गरेको छ । नेपालमा सो कम्पनीले २५० कम्पनीहरुका लागि एबीबी टेक्नोलोजी डे को आयोजना गरेको हो । भौतिक, पूर्वाधार उपभोगि वस्तु, यातायात जस्ता उद्योग अन्तर्गतका नेपाली कम्पनीले एबीबीका विशेषज्ञसँग कार्यशालामा भाग लिएका छन् । एबीबीले २०२७ सम्म १५००० मेगावाट उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । १० प्रतिशत उर्जाको रुपमा प्राप्त गरिने पावर ट्रान्समिसन र डिसट्रीबीयूसन लसमा आगामी दुई तीन वर्षमा १५ प्रतिशत कटौती गरिने भएको छ । एबीबीले विभिन्न हाइड्रो परियोजना निमित्त यूनिफाईड अटोमेसन सिस्टमस्, डिजिटल गभरनर्स, सीनक्रोनाईजर्स तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्धारा थुप्रै प्रविधिहरुको समाधान प्रदान गर्दै आएको छ । २५० भन्दा बढी कम्पनीहरुको सहभागिताले यो पुस्टि गर्छ कि टेक्नोलोजी बारे अझै बुझ्न उत्सुकलाई ब्यवसायमा थप योगदान पुर्याउने भएको छ । आर्थिक कृष्णमुर्थी, एबीबी ईन्डियाका बिक्री तथा बजार ब्यवस्थापनका साथै खाता ब्यवस्थापनका कन्ट्री प्रमुख हुन् उध्योगहरु, यातायात या घरहरुमा सौर्य उर्जा र पावर ट्रान्समिसनलाई अझै बढी दक्ष बनाउन, ईनर्जी एक्सेस र त्यसको गुणस्तरमा अझै सुधार ल्याउन, कार्बोन उत्सर्जनलाई कम गर्ने, भएको छ । सिमेन्ट तथा स्टीलको उत्पादनले नै कुनै पनि देशको भौतिक पूर्वाधार पारियोजनाको स्वास्थ्यबारे संकेत दिएको छ । सिमेन्ट उत्पादन संघ नेपालका अनुसार, देशले आगामी एक बर्षमा क्लिंकर प्रोडक्ट्सन्मा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । निर्यात ब्रिद्धी गर्नका लागि यस्ता प्रविधीहरुलाई प्लान्ट, प्रोसेसेस ,र पीपल समावेश गरिएको उद्धम(ब्यापी प्रोसेस इनिसीएटिवस सँग मिलाएर लैजाने भएकाे छ । भने यस्ले सिमेन्ट उद्योगमा हुने बढी उत्पादन खर्चलाई कम गर्न सहयोग पुर्याउछ, जसको कारण नेपाली सिमेन्ट उद्योगको प्रतिस्पर्धिक छ्यमता बढ्नेछ। नेपालमा हाल ५३ सिमेन्ट कम्पनीहरु छन् जसको वार्षिक ब्रिद्धी दर १० देखि १५ प्रतिशत भित्र रहेको छ । नेपालमा हाल संचालित स्टील प्लान्टहरु सालाखाला ६० देखि ६५ प्रतिशत क्षमता उपयोग गर्दै आइरहेका छन्। यी कम्पनीहरु देशको स्थिर आन्तरिक मागलाई अङ्गालेरआत्मनिर्भर हुने दूर् -द्रिस्टीका साथ अघि बढ़दैछन् । कन्ट्रोल एंड इन्सट्रूमे न्टेशन देखि प्रोसेस कन्ट्रोल ,अटोमेसन् लाई उच्चस्तरिय मेजरमेंट एंड एनालाइटिक्स तथा ब्लास्ट फर्नेस सोलुशन्स सँग मिलेर एबीबी ले चीन, यूरोप, तथा ईन्डियाका बैश्र्विक संस्थाहरुको सन्चालन प्रणालीमा ठुलो योगदान रहेको छ । यस हिमाली देशको पर्यटन ब्यवसाय बढ्ने क्रममा सन् २०१६(१७ मा मात्रै यहाँको हस्पिटालिटी क्षेत्रमा ६००० भन्दा बढी रूम नाईट्स थपिएको छ। यो पुर्व अंकहरु भन्दा ९।ड प्रतिशत बढी हो। सन् २०२० सम्म काठमाडौं शहरमा मात्र ४००० रूम नाईट्स थपिनेछन्। मोडर्न तथा कम्प्याक्ट पावर प्रविधी तथा एबीबी कम्पनीका इन्टेलेजेन्ट बिल्डिङ अटोमेसन केएनयक्स आइ ( बस् प्रविधीको सहायता लिने हो भने, कसैले पनि तापक्रम सन्चालन गर्दा खपत हुने उर्जालाई तातो गर्दा २५प्रतिशत र चिसो गर्दा ४० प्रति भन्दा बढी बचत गर्न सक्दछन् । ईन्टरनेट तथा स्मार्ट फोनले मजबुतीका साथ प्रवेश गरेको नेपालमा हरेक २ व्यक्ती मध्ये १ सँग ईन्टरनेटको पहूँच छ। एबीबी ले डाटा सेन्टरहरुको पावर आवश्यकतालाई ध्यानमा राख्दै स्थानको अनुकुलता, सुरक्षा,लागत, तथा उर्जा बचत जस्ता कार्यमा प्राविधिक समाधानहरु उपलव्ध गराउदै आएको छ। डाटा सेन्टरहरु सबै डाटा, दूर( संचार तथा नयाँ स्टार्ट )अप्सहरुका लागि प्रयोग हुनेछन् । कम्पनीहरुका लागि भविष्यमा आउने प्रविधीहरुको झल्को हेर्न पाउनु र एबीबीका बिज्ञहरु सँग अन्तरक्रिया गर्न पाउनु भनेको राम्रो अवसरको रुपमा लिएका छन् ।