एभरेष्ट बैंकद्धारा अशक्त बालबालिकालाई सहयोग
काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्तर्गत अशक्त बालबालिकालाई सहयोग गरेको छ । बैंकले आइतबार लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टिविहिन बिद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा रिसोर्स पर्सन बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका सिनियर म्यानेजर रंजन खड्का र लगनखेल ब्रान्चका म्यानेजर लभ कुइकेलको उपस्थिती रहेको थियो । बैंकले यस्ता कार्य लगनखेल शाखाबाट मात्र नभई देशभर फैलिएका आफ्ना विभिन्न शाखाबाट यस्ता कार्यक्रमा संचालनमा गरेको छ । साथै, एभरेष्ट बैङ्कले सामाजिक दायित्वको सन्दर्भमा यस अघिपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्गगत सहयो गर्दै आइरहेको छ । बैंकले ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट दिँदै आइरहेको छ ।
लामखुट्टेले टोक्दा एड्स सर्छ कि सर्दैन ? यस्ता छन् एचआईभी सम्बन्धी तथ्यहरु
एड्स र एचआईभीको विषयमा मानिसमा निकै दुविधा हुने गरेको छ । यसको बारेमा जानकारी हुनु निकै आवश्यक छ । एचआईभी एउटा भाइरस हो जसको संक्रमण सिधै रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) मा पर्दछ । यदी यसको उपचार सही समयमा भएन भने मानिसको इम्युन सिस्टम पूर्णरुपमा खराब हुनसक्छ । यिनै मानिसमा एचआईभी फैलिनेबारेमा कति भ्रमहरु हुन्छन् । यस्तो गर्दा एचआईभी सर्दैन अंकमाल गर्दा, हात मिलाउदा, ट्वाइलेट साझेदारी गर्दा, सँगै खादाँ वा नजिकै मुख ल्याउदा तथा चुम्बन गर्दा एचआईभी सर्दैन । यसबाहेक लार, आँसु, पसीना (शरीरमा एचआईभी संक्रमित व्यक्तिको नमिसिएको), लामखुट्टे वा अन्य कुनै परजीवी प्राणीले रगत चुस्दा पनि एचआईभी सर्दैन । कसरी सर्छ एचआईभी एचआईभी विशेष किसिमको शरीरबाट निस्कने तरल पदार्थ, रगत, सीमेन, प्री-सेमिनल फ्लूइड, रेक्टल फ्ल्युड, वजाइनल फ्ल्युड्स या एचआईभी संक्रमित महिलाको स्तनबाट निस्किएको दुध बाट दोस्रो व्यक्तिको शरीरमा पुग्न सक्छ । अधिकांश मानिसमा एचआईभी असुरक्षित यौनसम्पर्क वा सिरिन्जमार्फत फैलन्छ । एचआईभी संक्रमित आमाले बच्चाहरुमा पनि यो संक्रमण फेलाउन सक्छ । एचआईभीका बारेमा केही तथ्य -एचआईभी एक भाइरस हो जसले इम्यून सिस्टममा आक्रमण गर्दछ । एचआईवी संक्रमणको अन्तिम चरणमा शरीरमा थुप्रै रोगको लक्षण देखापर्छ, जसालाई एड्स भनिन्छ । -एचआईभी संक्रमण भयो भने एड्स पनि लाग्छ । यद्यपी उपचार कति चाडो भयो, त्यसमा निर्भर गर्छ । -एचआईभीको संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय कन्डोमको प्रयोग हो । -ड्रग्सको प्रयोगका लागि सधै सफा नीडलको प्रयोग गर्नुपर्छ । (स्रोत – नवभारतटाइम्स)
पैसा धेरै खर्च भो ! जोगाउन अपनाउनुहोस् यस्तो उपाय
यदि तपाईले ध्यानपूर्वक पैसा खर्च गर्नुभयो भने तपाईले पैसा बचाउन सक्नुहुन्छ । खर्च तपाईका आर्थिक योजनाको एउटा महत्वपूर्ण हिस्सा हो । तर कहिले र कहाँ खर्च गर्ने, कति खर्च गर्ने र कसरी खर्च गर्ने यो सब कुरामा ध्यान दिएर बुद्धिमानी ढंगले पैसा खर्च गर्नुपर्छ । त्यसैले, बुद्धिमानीका साथ खर्च गर्नका लागि योजना बनाएर तपाईले धेरै पैसा जोगाउन सक्नुहुन्छ र अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ । यसका लागि तपाईले केही वित्तीय अनुशासन पालना गर्नपर्छ । बुद्धिमानीका साथ पैसा खर्च गर्दा अवकाशको जिवनपछि ठुलो कोष जम्मा गर्नसकिन्छ । खर्च गर्नुभन्दा अगाडी योजना बनाउनुहोस् तपाईको व्यक्तिगत वित्तिय कारोबारका प्रत्येक चरणमा योजना बनाउनु जरुरी छ । सुरुमा आफ्नो सबै खर्चहरुको एउटा सूची बनाउनुपर्छ । वस्तुहरुको महत्वका अनुसार प्राथमिकताका वस्तु, अर्थात सबैभन्दा बढी महत्वपूर्ण वस्तुको नाम उक्त सूचीमा माथी र कम महत्वपूर्ण वस्तुको नाम सबैभन्दा तल लेख्नुपर्छ । अब हिसाब गर्नुहोस् – लगानीपछि, बीमाको प्रीमियम तिरेपछि, कर्जा चुकाएपछि र अन्य नियमित आवश्यक बिलहरुको भुक्तान गरेपछि अन्य वस्तुमा खर्च गर्नका लागि तपाईसँग कति पसा जोगिन्छ ? तपाईसँग भएका पैसाको परिमाणका आधारमा आफ्नो सूचीमा सबैभन्दा माथीका वस्तुहरुको पैसा छुट्टै राख्नुहोस् । सूचीमा सबैभन्दा तलका वस्तुहरुको लागि बचत गर्न सक्ने/नसक्ने कुरा ख्याल राख्नुपर्छ । तपाईको लक्ष्यअनुसार कम भन्दा कम खर्च गर्नुमा केन्द्रित हुनुपर्छ । खर्च गर्नु भन्दा अगाडी लगानी गर्नुपर्छ र खर्च गर्ने समयमा बचत गर्नुपर्छ । हातमा धेरै पैसा हुँदा धेरै खर्च गर्न मन लाग्छ । त्यसैले, खर्च गर्नुभन्दा पहिला लगानी गर्नुपर्छ । तपाईको आफ्नो भावी आवश्यकताका बारेमा थाहा पाउनु जरुरी छ । पैसा पाउने बितिकै सबैभन्दा अगाडी त्यो पैसाले आफ्नो लगानीसम्बन्धी आवश्यकता पूरा गर्नुपर्छ । त्यसपछि आफ्नो कर्जा चुकाउनुपर्छ । अन्तमा बचेको पैसाको प्रयोग आफ्नो मनचाह वस्तु खरीदका लागि गर्नपर्छ । धेरै पैसा जोगाउन डिस्काउन्टको पनि लाभ उठाउनुपर्छ, अनलाइन तुलना गर्ने तथा क्रेडिट कार्ड क्यासब्याक अफरहरुको पनि लाभ उठाउने कोसिस जारी राख्नुपर्छ । अफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च नगर्नुहोस् आफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च गर्नुमा तपाईको कर्जाको जालोमा फस्न सक्नुहुन्छ । केही मानिस खर्च गर्ने समयमा आफ्नो वित्तीय क्षमतालाई नजर अन्दाज गर्छन् । उधारो लिने साधन जस्तो क्रेडिट कार्ड तथा पर्सनल लोन आफ्नो क्षमताभन्दा अधिक खर्च गर्नका लागि प्रेरित गर्छ । कहिलेकाही मानिस आफ्नो वित्तीय योजनाकम यस्तो ऋणको प्रभावको बारेमा सोच्दैन र अनावश्यक वस्तुमा खर्च गर्छन् । यस्तो परिस्थितिमा उधारो तिर्नु पनि ठुलो चुनौती बन्न सक्छ र आवश्यम वस्तु खरिदमा भने समझौता गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो वित्तीय क्षमताका अनुसार पैसा खर्च गर्नुपर्छ । आफ्नो बानीव्यहोरामा पनि ध्यान दिनुपर्छ बीचबीचमा आफ्नो खर्च गर्ने बानीमा पनि ध्यान दिनु निकै आवश्यक हुन्छ । यो काम कुनै वित्तीय विशेषज्ञबाट गर्नु फाइदाजनक हुन्छ । कतिपय अवस्थामा आफ्नो खर्च बढी रहेको पत्तै हुँदैद्द । यदि तपाईलाई योजनाबाहेकको खर्च गर्नुपर्यो भने योजनालाई थोरै एडजस्ट गर्नुपर्छ ।