विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङले दिइन् १४ लाख रूपैयाँ सहयोग

काठमाडाैं । आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गरेकी छिन् । काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उनले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गरेकी हुन् । सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन् । उनले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठूलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गरिरहेको छ ।

होलीमा सचेतन हुनुपर्ने, ट्राफिक प्रहरी ‘गन’ लिएर सडकमा उत्रिने

काठमाडौं । हालीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ रु सावधान । ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन् । सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा व्यापक सुरक्षा जाँच विन्दु राखेर सवारी चालकमाथि निगरानी राख्ने भएको छ । होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले कडाई गर्न लागेको छ । सवारी तीव्र गतिमा हाँक्ने, क्षमताभन्दा बढी हाँक्ने, हेल्मेट नलगाइ चलाउने र इच्छाविना रंग, लोला हान्नेजस्ता प्रवृत्ति रोक्न प्रहरीले विशेष निगरानी गर्ने भएको हो । होलीका लागि मात्र राजधानीमा एक हजार प्रहरी परिचालित हुने जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले दिए । अन्नपूर्ण पोस्टबाट ।

हिज होलिनेस ग्यालवाङ ड्रुक्पाको जन्मदिन मनाउन विश्वका बहु–धर्म गुरुसहित ५०० अतिथि नेपालमा

काठमाडौं । हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन विश्वभरबाट पवित्र ग्यालवाङ ड्रुक्पाका अनुयायीहरु नेपाल आएका छन् । सो जन्मोत्सव मनाउन नेपाल र भारतभरबाट धर्मगुरुहरु तथा अमेरिकी अधिकारीहरुसहित विश्वभरका करिव ५०० जना आमन्त्रित अतिथिहरु संयुक्त रुपमा काठमाडौंमा फागुन २२ गते भेला भएका छन् । प्रमुख अतिथिको रुपमा आएका द आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकरले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको शान्ति स्थापना तथा सेवा प्रतिको लगावको बारेमा विचारहरु व्यक्त गरे । उनको दयालु नेतृत्व र आफ्नो मानवीय तथा वातावरणीय पहिचानको सम्मान सबैले गर्नु पर्ने उनले बताए । यसका साथै, अल इण्डिया अर्गनाइजेसन अफ इमाम्स अफ मस्कसका प्रमुख इमाम डा. इमाम उमर अहमद इलयासी, प्रशिद्ध जैन आध्यात्मिक गुरु हिज होलीनेस आचार्य डा. लोकेश मुनी तथा महाबोधी अन्तर्राष्ट्रिय ध्यान केन्द्रका संस्थापक तथा अध्यक्ष भिक्षु सङ्गसेना पनि हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन काठमाडौं आएका छन् । कार्यक्रमको अवसरमा हिज होलीनेस ग्यालवाङ ड्रुक्पाले अमेरिकी कंग्रेसकी प्रतिनिधि क्यारेलिन मालोनी (डि–एनवाई) न्यूयोर्कका १२ औं डिस्ट्रिक्टका लागि अमेरिकी कंग्रेस उमनका साथमा प्रस्तुती दिएका थिए । ग्यालवाङ ड्रुक्पालाई विश्व प्रसिद्ध मानवीयतावादी, वातावरणवादी तथा लैगिक समानताका लागि बिजेताजस्ता उपाधीबाट उनको संकल्प समर्पित गरिएको थियो । त्यसैगरी वि.सं.२०७२ मा नेपालमा गएको विकासकारी भूकम्पको समयमा हजारौंलाई राहत सेवा प्रदान गरेकोमा प्रशंसा गरिएको थियो । उनको वान मिलियन ट्रिज प्रोजेक्टमार्फत भूक्षय नियन्त्रण तथा स्वच्छ हावाका लागि सहयोग प्रदान गरिएकोमा तथा हिमालय क्षेत्रसहित विश्वभर शक्ति, शिक्षा, सूरक्षा, तथा बालिकाहरु तथा महिलाहरुलाई अभिप्रेरित गरेकोमा सम्मान व्यक्त गरिएको थियो । अन्य अमेरिकी प्रशासनिक अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । हिज होलिनेस्को जन्मोत्सवको अवसरमा आयोजित यो महोत्सव फागुन २५ गतेसम्म निरन्तर जारी रहनेछ ।