८१०० एमएएच ब्याट्री भएको भिभो वाई५०० नेपाली बजारमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा नयाँ भिभो वाई५०० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार स्मार्टफोनमा ८१०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री, १.५के एमोलेड डिस्प्ले र ५० मेगापिक्सेलको मुख्य क्यामेरा जस्ता विशेषता समावेश गरिएका छन् । भिभो वाई५०० पर्ल ह्वाइट र मिडनाइट ब्लु गरी दुई रंगमा उपलब्ध छ । स्लिम र एर्गोनोमिक डिजाइनमा तयार गरिएको यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार भिभो वाई५०० मा रहेको ८१०० एमएएच ब्लुभोल्ट ब्याट्री अहिलेसम्मकै भिभोको सबैभन्दा ठूलो ब्याट्री क्षमता हो। यसमा ६ वर्षसम्मको ब्याट्री हेल्थ ग्यारेन्टी र ५० महिनासम्मको स्मुथ एक्सपेरियन्स सर्टिफिकेसन उपलब्ध गराइएको छ। एकपटक चार्ज गरेपछि लगातार १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीले जनाएको छ। स्मार्टफोनमा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ५ हजार निट्ससम्मको पिक ब्राइटनेस दिइएको छ। साथै, डुअल स्टेरियो स्पिकरले भिडियो हेर्दा र गेम खेल्दा उत्कृष्ट अडियो–भिजुअल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। भिभो वाई५०० मा ६ न्यानोमिटर प्रोसेसर जडान गरिएको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ र गेमिङलाई सहज बनाउने कम्पनीले जनाएको छ। फोनमा आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा रहेको छ। साथै, अन्डरवाटर फोटोग्राफी मोड, ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। भिभोले ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ६१ हजार ९९९ रुपैयाँ तोकेको छ। स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोर तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
अपाचे आरटीआर १६० फोरभी नेपालमा, मूल्य ४ लाख २९ हजार रुपैयाँ
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सीसी श्रेणीमा प्रोजेक्टर हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) सस्पेन्सन र ५ इन्चको टीएफटी डिस्प्ले क्लस्टरसहितको पहिलो मोटरसाइकल भएको दाबी गरेको छ । काठमाडौंको सतुंगलमा आयोजित कार्यक्रममा मोटरसाइकल सार्वजनिक गरिएको हो । कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो । सहभागीहरूका लागि विशेष राइडिङ सेसन र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो । नयाँ अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसी इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उपलब्ध हुन्छ । मोटरसाइकलमा पाँच–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड रहेका छन् । कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै नयाँ मोडलले राइडरलाई अझ सुरक्षित, सहज र उत्कृष्ट राइडिङ अनुभव दिने बताए । नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ अपाचे आरटीआर १६० फोरभीमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी डिस्प्लेले राइडिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार मोटरसाइकल हाल नेपालका छनोट गरिएका डिलरशिपमा उपलब्ध छ भने आगामी जुलाईभित्र देशभर बिक्रीका लागि उपलब्ध गराइनेछ । म्याट ब्ल्याक, रेसिङ रेड र मरीन ब्लु गरी तीन रंगमा उपलब्ध मोटरसाइकलको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिकिलो १ हजार रुपैयाँ पुग्यो सिताके च्याउ र सुकेको माछाको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ६० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ९०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३०० र नरिवल (काँचो) प्रतिकिलो रु ८० नरिवल (हरियो) प्रतिकिलो रु १७०, अदुवा प्रतिकिलो रु १५०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।