भोजपुरको पौवादुङमा गाउँपालिकामा एमालेको अग्रता

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार किरण राईको अग्रता कायम नै रहेको छ । पछिल्लो मतगणना अनुसार उनले ११५२ मत ल्याई अग्रता कायम गरेका हुन् । उनले यसअघि पनि गाउँपालिकाकाे अध्यक्ष भइ काम गरिसकेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेक नरसिंह कार्कीले ९७२ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार नगेन्द्रबाहादुर भुजेलले हालसम्म ९७२ मत ल्याएका छन् । यस्तै, एमालेकी उपमेयरकी उम्मेदवार ज्योत्सना राईले १०९४ मत ल्याई अग्रता कायम गरेकी छिन् । उपमेयरमा माओवादी उम्मेदवार सम्झना राईले १००७ मत प्राप्त गरेकी छन् । र, नेपाली कांग्रसकी उपमेयरकी उम्मेदवार रामकुमारी राईले ९७५ मत प्राप्त गरेकी छिन् । गाउँपालिकाको उमेदवारहरुको मतगणना जारी छ ।

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी

गलकोट । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन् । उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरेका थिए । यस्तै पालिकाका पाँचवटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भए । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् । रासस

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी दुई हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३ हजार १५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।