धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु, रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्य

म्याग्दी । धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिए । लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताएका छन् । मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो । यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको दुई लाख ७० हजार रूपैयाँ अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ । रासस

बेल्जियमलाई कसरी हराउनु पर्छ, त्यो मलाई राम्ररी थाहा छ: केलियन एम्बाप्पे

काठमाडौं । सनसनी पुर्ण अर्जेन्टिनालाई २ गोल गर्दै फ्रान्सलाई अघि बढाएका युवा स्ट्रार केलियन एम्बाप्पेले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । इंग्लिस अनलाइन गोल डटकमलाई अन्र्तवार्ता दिदैं एम्बाप्पेले भने-‘मैले खेलबाट धेरै कुरा सिक्नु पर्नेछ । म कति महत्वपुर्ण छु त्यो टिमले महसुस गर्दै आएको छ । आज म जिवनको सबैभन्दा ठूलो प्रतिस्पर्धामा उत्रिदैं छु, यसमा कसरी खेल्नु पर्छ त्यो मलाई राम्ररी थाहा छ । मलाई आशा छ सबै कुरा राम्रै हुनेछ ।’ सबैको आखा एम्बाप्पे माथि ऐम्बाम्पे धेरै क्षमतावन युवा खेलाडी भएको बेल्जियमका डिफेन्डर नासिर चाड्लीले बताएका हुन् । उनी यस्ता खेलाडी हुन् जसलाई रोक्न धेरै गार्हो पर्नेछ । उनले यो उमेरमा यस्तो खेल देखाइरहेका छन् यो उमेरमा लियोनल मेसी पछि ऐम्बाप्पेले खेल देखाइरहेका छन् । एम्बाप्पेले सानो ठाउँबाटै बल खेलाउन सक्ने बालासी माटुडीले बताएका छन् । एम्बाप्पेकै समकक्षी समेत रहेका माटुडीले भने-‘उनी यति चलाख छन् कि कति बेला बल माग्ने कति बेला विपक्षीलाई मार्क गर्ने सबै चलाखीपन उनमा रहेको छ । उनले समग्र खेलको भावनालाई परिवर्तन गर्न सक्छन् ।’ एम्बाप्पेमा असिमित क्षमता रहेको फ्लोरिन थाउभानले बताएका छन् । फ्रान्सका खेलाडी समेत रहेका थाउभानले भने-‘उनको क्षमताले हाम्रा सर्मकलाई असिमित खुशि दिनेछ ।’ यसै गरी मिडफिल्ड ग्रीजम्यानले भने-‘पहिलो पटक देख्दैछु, म तिमीलाई हेर्छु मन पराउछु, अनि भन्छु कस्तो खेल देखाइदियौ बेइमान ?’ एम्बाप्पे सन् १९९८ देखि नकआउट चरणमा एकै खेलमा दुई गोल गर्ने पहिला खेलाडी हुन् । नेपाली समय अनुसार विश्वकप राती ११ बजेर ४५ मिनेटमा शुरु हुनेछ । फाइनल पुग्ने को दुई युरोपियन मुलक बेल्जियम र फ्रान्स एक अर्का विरुद्ध मैदान उत्रिदाँ खेल कस्को पक्षमा जान्छ यो सबैको चासोको विषय बनेको छ । दुबै देशका खेलाडीहरु उच्च फर्मममा रहेका छन् । गोलरक्षक तुलनात्मक रुपमा बेल्जियमका गोलकिप्पर निकोसल कोर्टियस् विश्वकपमा निकै सफल देखिएका छन् । निर्णायक मानिएको ब्राजिलसँगको खेलमा उनले २७ पटकको प्रहारमा २६ पटक रोक्न सफल भएका थिए । डिफेन्स फ्रान्सका सामुयल उमटीटी र कान्टेलाई प्रमुख रुपमा डिफेन्डरको रुपमा हेरिएको छ । बेल्जियमका भिसेन्ट कम्पनीको आगमनले पनि फ्रान्सलाई थप चनौति थपिने छ । मिडफिल्ड फ्रान्सका ग्रीजम्यानले उरुग्वेलाई हराउदा मुख्य खेलाडी रहेका थिए । उनलाई थप साथ पाउल पोग्बाले दिनेछन् । उता बेल्जयका हाजार्ड र डि ब्रुनेको पनि जोडी चलिरहेको छ । स्ट्राइकर तुलनात्मक रुपमा फ्रेन्च स्ट्राइकर आक्रमक रहेका छन् । ओलिभर जिरोड, एम्बाप्पे, डेम्बेले र ग्रीजम्यानको आक्रमण रोक्न बेल्यिमलाई हम्मेहम्मे पर्नेछ । बेल्जियमले आफ्ना भएका सबै स्ट्रार खेलाडीहरुलाई एकै पटक मैदान उतारी रहेको छ । यसले बेल्जियमलाई थप चुनौती थपिनेछ । यरो कपको फाइनलको अनुभव लिएको फ्रान्ससँग बेल्जियम गर या मरको स्थितिमा मैदानमा उत्रिनेछ । फ्रान्सले बल पोजिसन राम्रो बनाएको खण्डमा बेल्जियमलाई काउन्टर आक्रमण गर्न सजिलो हुनेछ । यदि बेल्जियमका गोलपिरकप्परले उत्कृष्ट प्रर्दशन गर्न नसकेको खण्डमा फ्रान्सले सहज जित निकाल्नेछ ।

इलेप खोलाको विद्युत् खरिद गर्ने सम्झौता, वार्षिक १४ करोड ४८ लाख युनिट उत्पादन हुने

काठमाडौं । उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर-१५ जेठसम्म) र वर्षायाम (१६ जेठ-१५ मंसिरसम्म)मा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट वार्षिक रुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । सम्झौता अनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति सन् २०२४ डिसेम्बर तोकेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ रहेको छ । हाल आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ । उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सवस्टेसनमा जोडिने कम्पनीले जनाएको छ । रासस