गृहमन्त्री ‘बादल’लाई चीन भ्रमणका लागि निमन्त्रणा
काठमाडौं । चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको भेटवार्तामा उक्त जानकारी दिएका हुन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल-चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरेका छन् । गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका छन् । नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरेका छन् ।
स्रष्टाहरुले चन्द्रागिरिबाट उचाले समृद्धिका स्वर, ओलीले सुनाए यस्ताे कविता
काठमाडौं । ३१–२०५ औँ भानु जयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ समापन भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचालेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले दश हरफको सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन गरेका थिए । कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यवद्धता जनाएका छन् । उनले नेपालमा औषधिय गुण बोकेकाअ पार जडिबुटी र असंख्य जैविक विविधता विद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गरेका छन् । उक्त कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
फ्रान्समा यसरी उर्लियो जनसागर (भिडियोसहित)
काठमाडौं । २० वर्षपछि विश्वकपको ट्रफी उचालेको फ्रान्समा जनसागर उर्लिएको छ । फाइनल खेलमा क्रोयोसियालाई ४-२ गोल अन्तरले हराएपछि फ्रान्समा समर्थकहरुले खुशियाली मनाएका छन् । केहि स्थानमा समर्थकहरुले आगोको लप्काहरु फालेको र शहर अस्तव्यस्त बनाएका छन् । गोल डटकममा सार्वजनिक भिडियोमा ठूलो संख्यामा फ्रेन्च समर्थकहरु सडकमा उत्रिएका छन् । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको देखिन्छ । विषेशगरी पेरिसमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन असुल ग्याँस प्रहार गरेका छन्, भने केहि व्यक्तिलाई पक्राउ समेत गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्