सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा पुगे चुचुरोमा

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए। सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । ‘धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,’उनले भने । रासस

पौने ९ खर्ब आयत हुदा निर्यात ६० अर्ब मात्रै, २१ प्रतिशत बढ्यो ब्यापार घाटा

काठमाडौं । गएको नौ महिनामा नेपालमा ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । तर निर्यात ५९ अर्ब ७३ कराेड रुपैयाँको मात्रै भएको छ । भन्सार विभागको अनुसार चालु अर्थिक वर्षको नौ महिनाको अबधिमा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँको ब्यापार घाटा भएको छ । उक्त व्यापार घाटा गएको वर्षको तुलनामा २१ प्रतिशत बढी हो । व्यापार घाटा बढ्दो क्रममा छ । गएको आर्थिक वर्ष २०७३/७४ को सोही अबधिमा विभिन्न मुलुकहरुसँग नेपालको व्यापार घाटा ६ खर्ब ७० अर्ब रुपैयाँ मात्रै थियो । अहिले बढेको हो । सरकारले पछिल्लो समय व्यापार घाटा घटाउने विभिन्न नाराहरु ल्याए पनि घाटा घट्न सकेको छैन, ठीक उल्टो बढिरहेको देखिन्छ । गएको वर्षभन्दा अहिले समग्र व्यापार २० प्रतिशत बढेको छ । गएको वर्षको नौ महिनामा ७ खर्ब ८० अर्ब रुपैयाँको विभिन्न मुलुकहरुसँग व्यापार भएकोमा यो वर्ष बढेर ९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट मात्रै ६६ प्रतिशत आयात कुला आयातको ६६ प्रतिशत हिस्सा छिमेकी मुलक भारतबाट मात्रै आयत हुने गरेको छ । गएको नौ महिनामा भारतबाट मात्रै ५ खर्ब ७६ अर्ब रुपैयाँको आयत भएको विभागको तथ्याङकमा देखिन्छ । दोस्रो बढी छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट सो अबधिमा १ खर्ब १३ अर्ब रुपैयाँको विभिन्न वस्तु/सामानहरुको आयात भएको हाे । ती दुई मुलकहरुमा नेपालबाट भने गाएको नौ महिनामा क्रमशः ३४ अर्ब र २ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । आयत र निर्यातलाई तुलना गर्दा भारतसँग ५ खर्ब ४१ अर्ब भने चीनसँग १ खर्ब ११ अर्ब रुपैयाँ ब्यापार घाटा देखिन्छ । त्यस्तै गएको वर्षको नौ महिना र चालु वर्षको सोही अबधिलाई तुलना गर्दा अहिले निर्यातभन्दा आयात ११ गुणा बढी छ । कुल व्यापारको ९४ प्रतिशत आयत भएकोमा निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ ।

चितवनको भाटभटेनीमा अज्ञात समुहको ग्रीनेड बम प्रहार, बाहिरी भागमा क्षति

काठमाडौं । चितवनमा रहेको भाटभटेनीकमा अज्ञात समुहले ग्रीनेड बम प्रहार गरेको छ । भाटभटेनीमा आइतबार बिहान पौने ४ बजे बम विस्फोट भएको हो । बम विस्फोटनबाट भवनको बाहिरी भागमा क्षति पुगेको भाटभटेनीका सिइयो पानु प्रसाद पौडेल बताए । भवनको पुर्वीभागको सिसामा क्षति पुगेको छ, तर भित्री भागमा कुनै असर नपरेको सिइयो पौडेलले जानकारी दिए । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।