नयाँ बन्ने सरकारलाई शुभकामना दिदैं देउवाले दिए राजिनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउबाले पदबाट राजिनामा दिएका छन् । अब बन्ने नयाँ सरकारलाई शरभकामना दिदैँ देउवाले पदबाट राजिनामा दिएका हुन् । देउवाले देशवासीको नाममा सम्बोधन गर्दै तीन ओटै निर्वाचन गर्न सक्नु आफ्नो् कार्यकालको सबैभन्दा ठुलो सफलता भएको बताएका छन् । करिब १४ मिनेट सम्बोधन गरेका देउवाले आफ्नो पाटी सरकारमा नभए पनि निरन्तर प्रदेश सभाको निर्माण र देशबासीको सेवामा लागि परिरहने बताए ।

नहुदाद्धारा सञ्चालित दुई दिने तालिममा सेञ्चुरी बैंकको आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेश राज शर्माबीच सो रकमको चेक हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा गत माघ २९ गते देखि गत फागुन १ गतेसम्म सञ्चालन गरेको थियो । सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरे । यस बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा एटीएम्, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अनुसन्धान प्रक्रियालाई छिटो, छरितो, निष्पक्ष बनाउँछु: प्रमुख आयुक्त घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अनुसन्धान प्रक्रियालाई छिटो, छरितो र निष्पक्ष बनाउने बताएका छन् । बुधबार कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै घिमिरेले आम नागरिकको अपेक्षा अनुरुप कार्य सम्पादन गर्ने बताएका हुन् । कार्यक्रममा उनले इमान्दारी र निष्ठाका साथ तोकिएकै समयमा कार्य सम्पादन गर्न आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिए । घिमिरे वि सं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।