हराएको पासपोर्ट एक दिनमै बन्ने

काठमाडौं, २७ भदौ । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिका सूचना प्रकाशित नगरी प्रतिलिपी बनाउन सकिने भएको छ । पत्रपत्रिकामा सूचना तथा प्रहरी रिपोर्ट बनाउनु पर्ने व्यवस्थाले सेवा ग्राहीलाई असहजता थपिएको भन्दै राहदानी विभागले सबै झण्झटिला व्यवस्था हटाएको हो । अबदेखि पासपोर्ट हराएमा बिभागमा निवेदन दिए नयाँ बनाउन सकिनेछ । जिल्लास्तरमा भने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा जानकारी गराएर नयाँ पासपोर्ट बनाउन सकिनेछ । त्यसरी दिइएको सूचनालाई विभागले नै प्रहरी समक्षा पुर्याउनेछ । प्रहरीले त्यसरी प्राप्त सूचनलाई इन्टरपोल मार्फत चेक जाँच गर्नेछ । अब हराएको पासपोर्ट एक दिनमै प्राप्त गर्न सकिने पनि बिभागले जनाएको छ । हराएका पासपोर्ट बनाउने प्रक्रियालाई सहज बनाउन बिभागले एक छुट्टै कोठाको व्यवस्था समेत गरेको छ । सबै नेपालीको एमआरपी इन्टरपोल सूचना प्रणालीमा राखेर दोश्रो व्यक्तिले पासपोर्ट प्रयोग गर्ने तथा अपराधिक क्रियाकलापमा संलग्नहरुलाई पक्रन समेत सहज हुने राहदानी बिभागले जनाएको छ ।

निगमको एयरवस दिल्लीमा आकस्मिक अवतरण, प्राविधिक समस्या आएको निगमको भनाइ

काठमाडौं २७, भदौ । दिल्लीबाट काठमाडौं आउनेक्रममा नेपाल वायुसेवा निगमको एउटा जहाजमा प्राविधिक समस्या आएका कारण दिल्लीमै आकस्मिक अवतरण भएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको कारण आकस्मिक अवतरण भएको वायुसेवा निगमको काठमडौंस्थित विमानस्थलका कर्मचारीले जानकारी दिए । यो जहाज उडेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको उल्लेख छ । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरिएको उल्लेख छ । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायरसमते पड्किएको जानकारी निगम कर्मचारिले दिएका छन् । विमानमा देखिएको यो समस्या सामान्य भएकोले कुनै ठूलो क्षति नभएको पनि उल्लेख छ । समस्याको समाधान भएपनि जहाज तुरुन्तै काठमार्डौं आउने पनि निगमले जानकारी दिएको छ । निगमको काठमाडौं दिल्ली उडान दैनिक दुई वटा छ । विहान र बेलुका दैनिक उडान निगमले दिल्लीका लागि गर्छ । एउटा जहाजमा समस्या आएपछि निगमको सोमबारदेखिका अधिकांशक उडान प्रभावित हुने पनि उल्लेख छ ।

नेपाल भ्रमण उच्च प्राथमिकतामा: चिनियाँ राष्ट्रपति, भारतकै योजनाअनुरूप नै प्रहरी प्रतिष्ठान

काठमाडौं २७, भदौ । आगामी असोज महिना हुने भनिएको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । चीनको स्वशाषित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु इङ जेईले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा राष्ट्रपति सीको नेपाललगायत छिमेकी उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् । उनले चिनियाँ राष्ट्रपतिले छिमेकीसँगको सम्बन्धलाई महत्व दिँदै अघि सारेको पेरिफेरल पोलिसीु अन्तर्गत नेपालसँगको सम्बन्ध महत्वमा रहेको बताए । भेटका क्रममा मन्त्री महराले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण चाँडै हुने अपेक्षा नेपालको रहेको बताएका थिए । ुकूटनीतिक माध्यमबाट चीनबाट उच्चस्तरीय भ्रमण गर्न चीन र हामीबीच गृहकार्य भइरहेको छ । हामी आशावादी छौं, भ्रमण हुनेछु, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएकोतर्फ इंगित गर्दै महराले भेटमा भने । तर उनले स्पष्ट रूपमा भ्रमण किन स्थगित भएको भन्नेबारे चिनियाँ नेतासँग सोधेनन् भन्ने समाचार सोमबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । चिनियाँ राष्ट्रपति भारतको गोवामा असोज अन्तिम साता हुने भनिएको ब्रिक्सु सदस्य देशहरूको शिखर सम्मेलनमा सहभागी हुन जाँदा वा फर्किने क्रममा नेपाल भ्रमण गर्ने गरी गृहकार्य भइरहे पनि चिनियाँ पक्षले नेपालले वान रोड वान बेल्टु परियोजनामा प्रतिबद्धता जनाउन नसकेको तथा गृहकार्य राम्रो गर्न नसकेको भन्दै भ्रमण स्थगित गरेको छ । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएकोबारे सरकारी अधिकारीहरू खुलेर बोल्न चाहँदैनन् । मोदी र मेरो केमेस्ट्री मिल्छः प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘केमेस्ट्री’ मिल्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा दाहालले मोदी र आफ्नो बीचमा वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि सोचाइ र केही विषयमा समानता रहेको बताएका छन् । दाहालले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताए । ‘बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री हुन् । नेपाली जनता मोदीलाई निकै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् । सोमबारको कान्तिपुरमा समाचार छापिएको छ। भारतकै योजनाअनुरूप नै प्रहरी प्रतिष्ठान प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ । व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको छ । यसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षणरसुपरिवेक्षण तथा खर्च चरिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ । नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ ।