अर्थमन्त्री महरा चीनमा, ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क

काठमाडौं २६, भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अचानक चीन गएका छन् । तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी मा भाग लिन शनिबार चीनतर्फ प्रस्थान गरेका छन् । महरा ६ दिने कार्यक्रममा सहभागि हुन सुटुक्क चीन गएको उल्लेख छ । ६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन गएको उल्लेख छ । उक्त सम्मेलन यही सेप्टेम्बर १६ तारिखसम्म हुने बताइएको छ । अर्थमन्त्री भएपनि चिनियाँ राष्टपतिको नेपाल भ्रमणको अवस्था बुझ्न गएका महरा पुनः चिन गएको समाचार आइतबारको नेपाल समाचारपत्र दैनिकले बछापेको छ ।

ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा, सरकाले ल्यायो नियन्त्रण कानुन

काठमाडौं २५, भदौ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ। व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको शनिबारको राजधानी दैनिकमा समाचार छापिएको छ। संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस् भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए। लामो समयदेखि चल्दै आएको ढुकुटीको कारोबार सरकारले नियन्त्रणमा लिइसकेको छ । सरकारले यस अघि कुनै नियम तथा कानुनकै अभावमा ढुकुटी र सहकारीको कारोबारमा नियन्त्रण गर्न नसक्दा समाजमा विकृति फैलिएको थियो । सरकारी नियन्त्रण नीतिकै अभावमा ढुकुटी र सहकारीबाट करोडौ डुबाउने पनि छन् ।

चामल दिने घोषणाले कर्णालीमा आक्रोश, २० केजी चामल पाउन कि जन्मनुपर्ने कि मर्नुपर्ने ?

काठमाडौं २५, भदौ । प्रधानमन्त्री प्रचण्डले संसदमा बिहीबार सम्बोधन गर्दै कर्णालीका जिल्लामा मान्छे जन्मदा र मृत्यु हुँदा प्रतिपरिवार २० किलो चामल निःशुल्क दिने घोषणाको बिरोधमा कर्णालीबासीले सरकारलाई नै कर्णालीबाट चामल फिर्ता पठाएका छन्। प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रलगायत सबै राजनीतिक दल र नागरिक समाजले तत्काल उक्त निर्णय फिर्ता लिन पनि सरकारलाई आग्रह गरेको शनिबारको अन्नपूर्णमा समाचार छापिएको छ। माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत रहेका जुम्लाका पूर्वसभाषद् नरेश भण्डारीले सरकारले कर्णालीलाई अपमान गरेको बताए । उनका अनुसार सरकारले कर्णालीलाई अपमान गरेर चामल बाढेको छ । उनका अनुसार सरकारले दिएको चामल त टाउकाको रोग लागेका बेला पेटको उपचार गरेजस्तै भएको छ ।  उनले सरकारले कर्णालीलाई चामल बाडेर परनिर्भर बनाउन खोजको पनि उनको भनाइ छ । कर्णालीबासिरले सधै सरकारलाई परनिर्भरता होइन आत्मनिर्भर बनाउन आग्रह गर्ने गरेका छन् सरकारले भने हरेक वर्ष कर्णालीबासिका नाममा दिने सिमित चालममा गर्व गर्न थालेको आरोप कर्णालीबासिको छ । कर्णालीबासिले २० किलो चामल खोजेको होइन, कर्णालीका विकास र समृद्धि खोजेका हुन ।