बुम रेमिट्यान्सको एजेन्टमा प्रोग्रेशिभ फाइनान्स नियूक्त
काठमाडौं । बुम रेमिट्यान्स प्रा लि र प्रोग्रेशिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र प्रोग्रेशिभ फाइनान्स लिमिटेडको तर्फबाट वरिष्ठ प्रबन्धक उमा लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउछन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
संसारको सबैभन्दा महंगो हिराको लिलामी, बढी मूल्यमा बिकेका पाँच बहुमुल्य रत्न
बिबिसी । भर्खरै हङकङमा एउटा दुर्लभ हिराको ७.१ करोड अमेरिकी डलर मूल्यमा लिलामी भएको छ । हिरासम्बन्धी बिक्रीमा यो नयाँ विश्व रेकर्ड कायम भइको छ । ‘पिंक स्टार’ नाम दिइएको अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको छ । सन् २०१३ मा बिक्रीका लागि ल्याइएको यो हिरालाई खरीदकर्ताले किन्न मानेनन् । यसभन्दा पहिले महंगोमा बिक्री भएका पाँच हिरा गहना यस्ता छन् : ओपनहाइमर ब्लू सन् २०१६को मे महिनामा ओपनहाइमर ब्लू नामको हिरा ५.०६ अमेरिकी डलरमा किम्री भएको थियो । १४.६२ क्यारेटको यो हिरालाई जेनेभाको क्रिस्टी अक्सन हाउसले फोनको माध्यमबाट लिलाम गरेको थियो । हिराको खरीदकर्ताबारे भने कुनै जानकारी पाइएको छैन । ब्लू मून सन् २०१५ को नोभेम्बर महिनातिर एउटा औठीमा प्रयोग गरिएको १२.०३ क्यारेटको ब्लू मून हिराको लिलामी भएको थियो । हङकङका व्यपसायी जोसेफ लूले यसको लागि ४.८४ करोड डलर दिएका थिए । उनले आफ्नी सात वर्षकी छोरीकालागि त्यो हिरा किनेका थिए र त्यसलाई उनले ‘ब्लू मून अफ जोसेफाइन’ नाम दिएका थिए । सनराइज रुबी गाढा रातो रंगको २५.५९ क्यारेटको सनराईज रुबी नामको पत्थरलाई एक व्यक्तीलाई तीन करोड अमेरिकी डलर तिरेर किनेका थिए । सन् २०१५ मा सबैभन्दा महंगोमा बिकेको हिरापछि यो सबैभन्दा महंगो पत्थर थियो । नारंगी हिरा सन् २०१३को नोभेम्बरतिर क्रिस्टी अक्सन हाउसले संसारकै सबैभन्दा ठूलो हिराको लिलामी गरेको थियो । त्यस समयमा प्रति क्यारेटमा यो हिरा सबैभन्दा बढी मूल्यमा बिक्री ग्राफ पिंक २७.७८ क्यारेटको यो चमकदार गुलाबी रंगको हिरालाई अहिलेसम्म भेटिएका ठूला हिराहरुमा लिइन्छ । यसको लिलामट्ठ ४.६२ करोड डलरमा भएको थियो । सन् २०१०को नोभेम्बरतिर यो हिराको बिक्रीलाई सबैभन्दा महंगो मानिएको थियो । यसलाई ब्रिटानी डिलर लरेन्स ग्राफले किनेका थिए ।
वनका हाकिम ५० हजार घुससहित पक्राउ
काठमाडौं । ईलाका वन कार्यालय आर्वा पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्की ५० हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो । काउ भलान फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए । सोही सूचनाका आधारमा आयोगको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले उनलाई न्युरोड पोखरास्थित कल्पना मम रेष्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउपछि आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।