अपांगता भएका व्यक्तिको र्‍याली (तस्बिरहरू)

काठमाडौं । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले आईतबार काठमाडौंमा १५ मिनेट चक्काजाम गरी दवावपूर्ण र्‍याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा आमरण अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि आमरण अनसन थालेका हुन् ।    

वसन्तमय तिलोत्तमा (तस्बिरहरू)

रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो । यो देशकै उत्कृष्ट नगरपालिकाहरूमा छनोट पनि भएको थियो । तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक पनि नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकमा थप आकर्षण बढेको छ । सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ । मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्मे फुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएका छन् ।

सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीय (तस्बिरहरू)

काठमाडौं । शुक्रबार वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वको रुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । शङ्ख बिनायक महिला जागरण समुहले अक्षय तृतीयको अवसर पारेर शङ्खमुल चोकमा सातु र सर्वत बाढदै गरेको दृश्य ।