जगन्नाथ रथ यात्राको शुभारम्भ (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गरेका छन । आइतबार काठमाडौंको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गरेका हुन् । जगन्नाथ रथ यात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिबाट सुरु हुने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा फूलअक्षताले पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गरेका थिए । जगन्नाथलाई भगवान श्रीविष्णुको रुपमा लिने गरिन्छ । धार्मिक मान्यता अनुसार एकपटक बहिनी सुभद्राले आफ्ना भाई कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गरे । त्यसपछि दुवै दाजुभाईले बहिनी सुभद्राको लागि तयार पारेको भव्य रथ ल्याइ त्यसमा सवार तीनै जना शहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा पनि गए र त्यहाँ ७ दिन बसे । शहरको भ्रमण सकेर पुरी फर्किए । त्यसबेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर शहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर जान्छन् । यी मध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बीचमा र जगन्नाथको रथ पछाडि रहने गर्दछ ।  

उर्लियो बागमती, युएन पार्क करिडोर क्षेत्र डुबानमा (तस्बिरहरू)

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । बागमती नदीमा पानीको बहाब बढ्दा ललितपुरको युएन पार्क क्षेत्रको बागमती नदी किनाराका संरचनाहरू डुबेका छन् । युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । त्यहाँ पार्क गरेका राखिएका मोटरसाइकल पनि डुबेका छन् । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

अविरल वर्षाका कारण विराटनगर जलमग्न (तस्बिरहरू)

काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् । हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगर र कोशी प्रदेश सरकारले बाढी रेस्पोन्स टिम गठन गरेर राहत, पुनःस्थापनाको काम सुरु गरेको थियो । अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा सुुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरु प्रभावित हुने गरेका छन् ।