डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणले धुम्म बन्यो काठमाडौं (फोटो फिचर)
काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै रहेकाे छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।
गर्मी छल्न सुनकोसीमा र्याफ्टिङ (तस्बिरहरू)
काठमाडौं । गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेसमेन्टको गन्तव्यमा पर्छ । काठमाडौंको व्यस्त जीवन र थकान मेट्नका लागि यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । र्याफ्टिङ सिजनमा (फागुनदेखि चैत्रसम्म) दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गर्दछन् । सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् । जसमा र्याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड । यहाँ भएका विभिन्न रिसोर्टहरूले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् । सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्दछ ।
किसानलाई कामको चटारो (फोटो फिचर)
काठमाडाैं । किसान देशका मेरुदण्ड हुन् । तर, अहिलेकाे अवस्थामा कृषिमा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । यसकाे कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो । अर्को कुरा सरकारको उदासिनता पनि । किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर, वस्तुको बजार सिमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । गर्मी सुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान । तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् । हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् । यतिबेला उनीहरूलाई नयाँ वर्षको रमझमभन्दा खेतीपाती नै प्यारो छ । न्युज एजेन्सी नेपाल