सुरु भयो एसईई (फोटो फिचर)
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यस वर्ष ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।
रंगहरुसँग रमाउँदै मनाइयो होली (फोटो फिचर)
काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागुपूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ । फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
होलीको दिन ट्राफिक चेकिङमा कडाइ (फोटो फिचर)
काठमाडौं । होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ । अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।