सधैं व्यस्त हुने व्यापारिक क्षेत्र पनि सुनसान (फोटोफिचर)

काठमाडौं । आज (आइतबार) चुनावको दिन । देशभर मतदान भइरहेको छ । आज नागरिकले आफ्नो प्रतिनिधि छान्ने दिन । आजै हो नागरिकको प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुने । नागरिकले आजै प्रतिनिधिससभामा ११० जना समानुपातिक पदका लागि पनि मतदान गर्नेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो । आज मतदान गर्नैका लागि मानिसहरु काठमाडौं उपत्यकाबाट गाउँ फर्किएका छन् भने उपत्यकामै भएका मतदाताहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर मतदान केन्द्रतर्फ लागेका छन् । सरकारले मंसिर ४ र ५ गते सरकारी तथा निजी संघ संस्था तथा संस्थानहरुलाई बन्द गर्ने निर्णय गरेसँगै आज काठमाडौं सुनसान बनेको छ । विशेष गरेर व्यापारिक क्षेत्र मानिने काठमाडौंको दरबार मार्ग, कमलादी र बागबजार क्षेत्र सुनसान बनेका बनेका छन् । यस क्षेत्रका सटरहरुमा आज ताला लागेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि आर्थिक क्षेत्र खासै माथि उक्लिन सकेको छैन । उद्योगी व्यवसायीहरु समस्यामा परेको गुनासो गरिरहन्छन् । अधिकांश व्यवसायीहरु घरभाडा तिर्नै नसकेर पलायन भएको समाचारहरु पनि विभिन्न समयमा बाहिरी रहन्छन् । तर, आज भने नागरिकहरु स्वस्फुर्त रुपमा मतदानकेन्द्र तर्फ मतदान गर्न जाँदा काठमाडौंका व्यापारिक क्षेत्र मानिने यी क्षेत्रहरु सुनसान बनेका हुन् । हेर्नुस् तस्वीरहरु  

काठमाडौंमा जताततै देखिन थाले ‘टु लेट’का पोष्टर (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय जताततै टु(लेटको पोस्टरहरु देखिन थालेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु पछिल्लो समय बढी देखिन थालेका हुन् । अहिले ललितपुरको कुपन्डोलमा जताततै ‘टु लेट’ लेखिएका पोष्टरहरु भेटिन्छन् । विगतमा व्यवसायिक प्रयोजनका लागि भन्दै सटर नपाइने कुपन्डोलमा अहिले भने जताततै सटरहरु खाली भेटिन्छन् । यस्तै, बानेश्वर क्षेत्रमा पनि टु-लेटका पोस्टरहरु धेरै नै देखिएको छ ।  

पूर्वका उद्योगी सडकमा, ब्याज नघटाएसम्म आन्दोलन गर्ने (फोटोफिचरसहित)

  काठमाडौं । पूर्वका उद्योगीहरुले चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध सडकमा जुस गरेका छन् । बुधबार मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १ले बैंकविरुद्ध मौन जुलुस गरेका हुन् । जुलुसमा निजी क्षेत्रका अन्य थुप्रै संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी–व्यवसायीहरु र सर्वसाधारणहरु सहभागी थिए । सो मौन जुलुसले विराटनगर बजार हुँदै नेपाल राष्ट्र बैंकको प्रदेश नं.१ को कार्यालय गई कार्यालयकी प्रमुख मिना पाण्डेमार्फत नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीका लागि ज्ञापन पत्र बुझाएको छ । त्यसका साथै सो मौन जुलुसले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माका लागि ज्ञापन पत्र बुझाएको छ ।