सहकारी पीडितको अर्धनग्न प्रदर्शन (फोटोफिचर)
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना नारा लेखिएका प्लेकार्ड बोकेर, 'हाम्रो धैर्यलाई कमजोरी नठान' र 'आन्दोलन रहर नभई बाध्यता हो' जस्ता सन्देश दिएका छन् । सहकारी संस्थाको रकम अपचलनको कारण पीडित बचतकर्ता महीनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूको प्रमुख माग भनेको सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर आफ्ना बचत रकम फिर्ता गर्नु हो । यस विषयमा सरकारी निकायहरूले कुनै कदम नचालेको पीडितहरूको भनाइ छ ।
तस्बिरमा हेर्नूहोस चिसाेपानीमा १० वर्षदेखि भग्नावस्थामा रहेका घर तथा होटलहरू
काठमाडौं । विसं २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो । उक्त भूकम्प र त्यसपछिको पराकम्पमा परी ८ हजार ६ सय ५४ जनाले ज्यान गुमाए । २२ हजार ३०९ जना घाइते हुनुका साथै ५ लाख ११ हजार ३९० घर ध्वस्त भए र २ लाख ८६ हजार ७६७ घर आंशिक रूपमा क्षतिग्रस्त भए । भत्किएका धेरै घरको पुनःनिर्माण सम्पन्न भए पनि चिसाेपानीमा भने हालत उस्तै छ । त्यहाँका घर तथा होटलहरू अझै पनि भग्नावस्थामा रहेका छन् । भूकम्प गएको १० वर्ष पुग्दैछ तर ती संरचनाको पुनःनिर्माण हुन सकेको छैन । नुवाकोटका शिवपुरी गाउँपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ को सिमानामा चिसाेपानी पर्दछ । त्यस क्षेत्रका कुल २५ घर भूकम्पले क्षति गरेको थियो । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
माईतीघरमा शिक्षकहरुको आन्दोलन (फोटोफिचर)
काठमाडौं । शिक्षा प्रणालीमा सुधार र पेशागत सुरक्षाको माग गर्दै शिक्षकहरूले माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । केही दिन यता जारी यो आन्दोलनमा विभिन्न जिल्लाबाट आएका शिक्षकहरू सहभागी भएका छन् ।