भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित
काठमाडौं, १९ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित भएको छ । यूरोप विजनेस एसेम्ब्लि(इबिए)द्वारा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । साथै इबिएले उक्त डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ द इअर समेत घोषणा गरेको छ । भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट राष्ट्रका पहाडदेखि तराई र पूर्वदेखि पश्चिमसम्म शाखा संजाल मार्फत सर्वसाधारण जनता सम्म वित्तीय पहुँच पुर्याउन विशेष योगदान पुर्याउन सफल भएकोमा उत्कृष्ट घोषित गरिएको हो । साथै, बैंकले साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रुपमा उभ्याउन सफल भै आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल रहेको छ । यूरोप विजनेस एसेम्ब्लि एक ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । उक्त पुरस्कार ग्रहण गर्न लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालको उपस्थिति रहेको थियो । हाल बैंकको ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर सहित बृहत संजाल रहेको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमईको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । हाल ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको यस बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।
चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा, बस काठमाडौंको दुई स्थानबाट लाग्ने
काठमाडौं, १७ पुस । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी गरेका छन् । कम्पनीले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ वषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने कम्पनीले जनाएको छ । त्यस्तै, कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । यि बसहरु सोही स्थान हुँदै फर्कने छन् ।