प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता: अब आँसु खसाउनु पर्दैन
प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । *** सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता मेची-काली, पहाड-तराई निर्भय वातावरण सुरक्षित नारी अब आधुनिकतामा बढ्यो नेपाल गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन *** फाटोका खेती कुहिन्छन् स्वार्थी हिंसा तुहिन्छन् अब चेलीका चुरा फुट्दैनन् कोही टुहुरा पर्दैनन् गणतन्त्र हो यो गणतन्त्र शक्तिका स्रोत जनताको जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन
मलाई काम देऊः तिम्राे घर बनाउन, मेराे डेरा भाडा तिर्न
एक बिहानै झिसमिसे उज्यालोमा गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर समयलाई प्रतिबिम्वित गर्दै तिम्रो चर्को मोलमलाईको बीचमा जब म ठिङ्ङ उभिन्छु मलाई लाग्छ म बेचिन आएको हो यो शहरमा हरेक बिहान हरेक दिन म वस्तु हो विना सोकेश भित्र नसजिएको कुनै वस्तु मात्र आजको लागि बेचिन तम्तयार वस्तु…….. जलप विनाको, विज्ञापन विनाको आफैंले आफैंलाई तिम्रो चौरस्तामा फिजाउँदा जब तिम्रा आँखाहरु मेरा पाखुरी ….शरीरलाई नियाल्छन् म आजको रोजि रोटि खोसिने डरले चुप चाप शालिन ढुंगा बनिदिन्छु र, आफैंलाई बिक्री गरिदिन्छु मानौं तिमी मानिस र म वस्तु मात्र वस्तु तिमीले मलाई आजको ज्यामी मान्नु नमान्नु मलाई लानु नलानु रोज्नु नरोज्नु…. पूर्णतया तिम्रो अधिकार हुनेछ म प्रश्न प्रतिप्रश्न गर्नेछैन म मौनताको अधिनमा रही तिमीले अह्राएका हरेक काम अघोषित मजदूर नियममा रही म मात्र वस्तु बनिदिने छु आजको दिन तिम्रो लागि हेर घामहरु छिप्पि सकेका छन् सात बजिसक्यो…आठ बजिसक्यो ….नौ…. बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ उफ्….यो घाम कति चाँडो छिप्पिएको आज म कसैलाई बरु सुनाउँदिन आज मजदूर दिवस भएर के भो त ? म मा कुनै गुनासो छैन…. आखिर म तिम्रो सुन्दर घर बनाउन मेरा घनले ढुंगा फोडिरहँदा प्रत्येक घनका प्रहारमा मलाई इश्वर खोजेझैं लाग्छ अनि हरेक साँझ ज्याला थाप्दै गर्दा मलाई स्वतन्त्र भएझैं लाग्छ गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर म ठिङ्ङ उभिँदा लाग्छ देशको वर्तमानमा उभिरहेको छु आखिर मेरो देश पनि त हरेक दिन हरेक साँझ आफूलाई कुनै न कुनै किसिमले बेचिरहेको छ म जस्तै….. बिराटनगर–५ हाल एनसीसी बैंक, तेह्रथुम
बलिउडका अभिनेता ऋषि कपुरको मृत्यु
काठमाडाैं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्। हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।