४४ जना नर्सलाई शिक्षण अस्पताल महाराजगञ्जमा जागिर खाने अवसर

काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जले स्टाफ नर्स र प्राविधिक सहायकतर्फ स्थायी कर्मचारीको माग गरेको छ । अस्पतालले ४० जना स्टाफ नर्स ४ जना प्राविधिक सहायक कर्मचारी माग गरेको हो । फारम भर्न अस्पताले १५ दिनको समयअवधि दिएको छ । अस्पतालको खाता रहेको बैंकमा १५ सय तिरेको रसिद समामेश गरी फारम भरी बुझाउनु पर्नेछ । स्टाफ नर्समा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन दिनका लागि नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी नर्सिङ परिषदमा दर्ता भएको पमाणपत्रको प्रतिलिपी आवश्यक कागजात सहित जेठ ७ गतेसम्म पेस गर्नुपर्नेछ ।  

१३ सय कर्मचारीले स्वेच्छिक अवकास पाए, अरुले नपाउने

काठमाडौं । १३ सय जना निजामति कर्मचारीले स्वेच्छिक अवकास पाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् र उनीहरुको पेन्सन पट्टा धमाधम बनिरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न ।’ मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए । उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ ।’ कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने, ‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ ।’

मेसीको कमाई रोनाल्डोको भन्दा ३२ मिलियन बढी, १ मिनेटको कमाई नै २५००० युरो

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी बनेका छन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियनो रानाल्डोलाई पछि पार्दै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी बनेका छन् । गत सिजन रोनाल्डोले मेसीभन्दा १०.५ मिलियन धेरै युरो लिएका थिए । यो सिजन भने मेसीले रोनताल्डो भन्दा ३२ मिलियन धेरै युरो लिएको फ्रान्स फुटबल म्यागेजिनले सार्वजनिक गरेको छ । अहिले मेसिको प्रतिमिनेट कमाई २५ हजार युरो रहेको छ । तेस्रो नम्बरमा रहेका सेन्ट पेरिस जर्मेनका खेलाडी नेइमार जुनियारले ८१.५ मिलियन युरो लिने गरेका छन् । यस्तै म्याड्रिडकै ग्यारेथ बेल ४ नम्बरमा परेका छन् । बेलले म्याड्रिडबाट वार्षिक ४४ मिलियन युरो लिदैं आएका छन् । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बार्षिक २९ मिलियन युरो लिदैं आएका छन् । यस्तैगरी प्रशिक्षक तर्फ भने म्यान्चेस्टर युनाइटेडका जोजे माउरिन्होले सबैभन्दा धेरै तबल लिने गरेका छन् । उनले युनाइटेडबाट बार्षिक २६ मिलियन युरो लिदैं आएका छन् । दोस्रो नम्बरमा चीनीयाँ क्लबका प्रशिक्षक मार्सेल्लो लिपी उनले २३ मिलियन युरो लिदैं आएका छन् त्यसैगरी बढि तलब लिने प्रशिक्षकको सुचिमा क्रमश तेस्रोमा एथ्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनी, चौथोमा रियल म्याड्रिडका जिनेदिन जिदान र पाँचौ स्थानमा म्यान्चेस्टर सिटीका पेप ग्वार्डिवाला रहेका छन् ।