डेढ अर्ब खर्चेर साढे दुई सय कर्मचारीलाई अवकाश
काठमाडौं । घाटा बेहोरिरहेको सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले साढे दुई सय भन्दा बढी कर्मचारीलाई अवकाश दिएको छ । कम्पनी स्वामित्वमा काठमाडौं, टेकुमा रहेको करिब ५० रोपनी जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको हो । अवकाश लिएका कर्मचारीलाई असार १५ बाट रकम दिइने बताइएको छ । कर्मचारीलाई एकमुष्ठ एक करोड ६६ करोड रुपैयाँ बाँड्ने कम्पनीले जनाएको छ । कर्मचारीले तह अनुसार न्यूनतम १५ लाखदेखि अधिकतम ७० लाख रुपैयाँसम्म बुझ्छन् । कम्पनीका महाप्रवन्धक लबराज जोशीले बने, यसबाहेक पेन्सन लगायत अरु कुनै सुविधा पाउँदैनन् । नागरिक दैनिकबाट ।
निगमले पाइलट टिकाउन ३ सय प्रतिशतसम्म तलब बढायो, २ लाख पाउने पाइलटको मासिक तलब अब ६ लाख
नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ ।निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ । अर्थले सहमति दिएपछि पाइलटहरुले करबाहेक बैंक खातामा ४ लाख ५० हजार रुपैयाँ जानेछ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले आकर्षक तलबवसुविधा दिएपछि निगममा पाइलट टिकाउनै हम्मे हम्मे परेको थियो । यस देखि १ देखि २ लाख रुपैयाँ मात्रै तलवभत्ता निगमका पाइलटले बुझ्दै आएका थिए । निजी क्षेत्रले ५ लाखसम्म दिने रेका थिए । कारोबार दैनिकबाट ।
एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्यो
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा तीन जनाका लागि जागिर खुलेको छ । बैंकले नायव महाप्रबन्धक, सहायक प्रबन्धक र कनिष्ठ अधिकृतका लागि दरखास्त आव्हान गरेको हो । नायव महाप्रबन्धकका लागि न्युनतम शैक्षिक योग्यता व्यवस्थापन बिषयमा स्नातकोत्तर उतिर्ण गरेको र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्नेछ । प्रबन्धक पदमा २ बर्ष र बैंकिङ क्षेत्रमा ८ बर्ष काम गरेको अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ । त्यस्तै, सहायक प्रबन्धकले चार्टर्ड एकाउन्टेन्सी उतिर्ण गरेको वा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । आन्तरिक लेखा परिक्षणको २ बर्ष अनुभव तथा वित्तीय क्षेत्रको ४ बर्षे अनुभव आवश्यक पर्नेछ । कनिष्ठ अधिकृतसँग भने स्नातक उतिर्ण गरेको र आन्तरिक लेखा परिक्षणमा १ बर्षको अनुभव आवश्यक पर्नेछ । बैंकले आगामी १५ दिन भित्र आवेदन गरिसक्न भनेको छ ।