सपनाकाे देश ठानिने अमेरिकाबाटै सात नेपाली निष्कासित

काठमाडौ । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निस्कासन गरेको छ। निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो। जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो। निष्कासित हुनेमा रामेछापका टासी शेर्पा, रूकुमका तारक पुन मगर र धनीराम बुढा, पोखराका केशव थापा, हेम्जाका चित्रबहादुर थापा र मकवानपुरकाक रवीन्द्र बलामी तथा बागलुङका अमर बस्नेत छन्। उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकाको अध्यागमन हिरासतमा बसेका थिए। अमेरिकास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका ७ नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टी गरे। ‘यसबाट अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्नेले पाठ सिक्नुपर्छ। यो घटनाबाट सबैमा सकारात्मक सन्देश जाओस्,’ गेलालले भने।

कतारको संकटले नेपालीलार्इ तत्काल असर नगर्ने, नयाँ रोजगारीमा समस्या

काठमाडौं । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’ लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ । नयाँ रोजगारीमा समस्या कतार समस्या लामो समय लम्बिएमा नया रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’ ”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” (गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ । – यमबहादुर खड्का, प्रबन्ध निर्देशक, एरोलिना ट्राभल । नयाँ पत्रिका दैनिकबाट ।

पैसा थोरै दिन खोजेपछि म्यादी प्रहरीबाटै नाराबाजी गरेर विरोध

स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए । कान्तिपुर दैनिकबाट