महालेखा परीक्षकको कार्यालयमा ७५ जिल्लामा १७८ जनालाई कर्मचारी अावश्यक, स्थानीयबासीलाई उच्च प्राथमिकता दिने

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो । उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना अवधिको लागि मात्र लिइने उक्त पदको लागि साउन ३१ गतेभित्र आवेदन गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।  

नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, कार्य योजनासहित गोप्य आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो । असार २५ गते तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको म्याद सकिएको थियो । प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि मन्त्रालयले नयाँ नेतृत्वका लागि आवेदन खुल्ला गरेको हो । बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ ।

वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब छली, ११ सय मेन पावरले २२ करोड मात्र कर तिरे

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६५ लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । वैदेशकि रोजगार विभागका अनुसार सोही बर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पार्वरमार्फत गएका थिए । वैदेशिक रोजगारीमा जानेबाट १० हजार रुपैयाँका दरले शूक्ल उठाउन पाउने अनुमति सरकारले दिएको छ । यसअनुसार नै मेन पावर कम्पनीले रकम उठाउने हो भने पौने चार अर्ब रुपैयाँ उठाएको देखिन्छ । नागरिक दैनिकबाट ।