भैरहवामा इमर्जेन्सी अवतरण गर्न सकिने, अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार

काठमाडौं ९, कात्तिक । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो अर्वन रनवे तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो कम्प्रेसनु गरी बनाइने सबग्रेड लेबलु तयार भइसकेको हो । विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छु, आयोजना प्रमुख ओम शर्माले भने, अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ । भैरहवामा निर्माण भइरहेको अन्तर्राष्टिय विमानस्थलको स्केच अहिले प्रि बेसको काम भइरहेको उनले बताए । यो चरणमा रिभर बेल्ट मेटेरियल्स (गिट्टी र बालुवा)बाट दुई फिट रनवे माथि उठाइन्छ । रनवे बनेपछि विमानस्थलको झन्डै आधा काम सकिन्छ । सबैभन्दा बढी समय रनवे बनाउन लाग्ने शर्मा बताउँछन् । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३र३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ । शर्माका अनुसार अहिलेसम्म विमानस्थको २५ प्रतिशत काम सकिएको छ । जमिनमुनिको अप्ठ्यारो काम लगभग सम्पन्न भएको छ । जमिनभन्दा माथिको काम तुलनात्मक रूपमा सजिलो हुने भएकाले छिटो अगाडि बढ्ने उनले बताए । ुबर्सात् र दसैंतिहारले काममा अवरोध भएको छु, उनले भने, ुतिहारलगत्तै कामले तीव्रता पाउनेछ । रनवेको बीचमा घाँघरा नदी पथ्र्यो । नदीलाई पश्चिमतर्फबाट साढे दुई किलोमिटर घुमाएर डाइभर्सनु गरिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणकार्य जारी छ । टर्मिनल भवनको बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी शर्माले दिए । अहिले जमिनमाथि पिलर उठाउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा अराइभल र डिपार्चर भवन छुट्टाछुट्टै हुनेछन् । अराइभल भवनको अन्डरग्राउन्डमा एरोनिकल र मेकानिकल कक्ष हुनेछ । कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणकार्य पनि जारी छ । यो भवनको पनि जमिन तलको काम सकिएको शर्माले बताए । रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । अन्नपूर्ण पोस्टबाट

राराका होटलमा बास पाउनै गाह्रो, पुवाधार नहुँदा पर्यटक पुगेपनि बासको समस्या

काठमाडौं ९, कात्तिक । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटलसहित मुगुको ताल्चा विमानस्थलका होटल भरिभराउ हुन थालेका छन् । मंगलबारको कारोबारमा समचार छापिएको छ। रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरु भरिभराउ भएका हुन् । रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । मुगुका एकमात्रै पर्यटन व्यवसायी गोपाल बमको दुई दशक पुरानो होटल डाँफे रारा घुम्न आउने पर्यटकको संख्या पछिल्ला दिनमा निकै बढेपछि त्यसको चाप मुगुका होटलहरूले थाम्न सकेका छैनन् । रारा घुम्न आउने पर्यटकले न्यानो कपडा अन्य बन्दोबस्तीका सामान आफैं ल्याउने गरेको ‘भिजिट कर्णाली टुर्स एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्कीले बताए । हवाईजहाज, बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पर्यटकलाई बासस्थानको समेत समस्या हुने गरेको ताल्चा विमानस्थलका होटल व्यवसायी पूर्णादेवी बमले बताइन् । “एक्कासि पर्यटकको चाप निकै बढ्यो, पूर्व तयारी बिनै पर्यटकको चाप बढेकाले हामीले सेवा सुविधा दिन सकिरहेका छैनौं,” उनले भनिन् । रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोर्टमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक डेढ घन्टा टाढाको ताल्चा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका स्थानीय रामबहादुर बूढाले बताए । “रारा राष्ट्रिय निकुञ्जभित्र दुईवटा मात्र होटल छन्,” उनले भने, “रारा घुमेर टाढाको होटलमा बास बस्न जानु पर्यटकको बाध्यता छ ।” पर्यटकको बसाइ लम्ब्याउन रारा वरपरका क्षेत्रमा सुविधासम्पन्न होटल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुंगा, साइक्लिङ तथा जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु प्रवद्र्धनको आवश्यकता रहेको स्थानीय नरबहादुर भामले बताए ।

संकटमा सेमेस्टर प्रणाली, शिक्षक १४ जना विद्यार्थी शून्य

काठमाडौं ९, कात्तिक । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)भूगोल केन्द्रीय विभागमा १४ शिक्षक छन्। उनीहरूले पढाउने विद्यार्थी एक जना पनि छैनन्। घट्दै गएर विद्यार्थी भर्ना नै हुन छाडेपछि शिक्षकहरूको जागिर धरापमा परेको छ। यसअघि भर्ना भएका ६ जना विद्यार्थी परीक्षा दिएर थेसिस बुझाउने क्रममा छन्। नयाँ सत्रमा विद्यार्थी भर्ना हुन आउनेरनआउने कुनै टुंगो छैन। त्रिविले ती शिक्षकलाई कुनै शोध(अनुसन्धान र काममा खटाउन सकेको छैन। इतिहास सबैको चासोको विषय हो। तर त्रिवि केन्द्रीय विभागमा यतिखेर इतिहास पढ्ने विद्यार्थी २ जना मात्र छन्। विभाग प्रमुख प्रा.शंकर थापा भने इतिहासको महत्वलाई कम आँकलन गर्नु र विषयलाई काम नलाग्ने ठान्नु भूल हुन बताउँछन्। ‘इतिहास विषयमा विद्यार्थी विमुख बनाउने हामी होइनौ। राजनीतिक हस्तक्षेपको परिणाम हो यो,’ उनले भने। त्रिवि अन्तर्गत मानविकि संकायका अधिकांश विषयमा विद्यार्थी संख्या अत्यान्त कम हुनुको मुख्य कारण ती विषय प्रत्यक्ष रोजगारीसँग नजोडिनुलाई मानिएको छ। त्रिविले वार्षिक परीक्षा प्रणालीको सट्टा सेमेष्टर लागू गर्दै गएपछि यस्तो अवस्था देखिएको हो। कान्तिपुर दैनिकबाट ।