सगरमाथा फाइनान्सद्धारा प्रस्तावित ३३ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । सगरमाथा फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३२ दशमलव ९४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको प्रस्तावित बोनस ८० प्रतिशत हकप्रद सेयर निश्काशन गरेपछिको चुक्ता पूँजीमा १८ दशमलब ३ प्रतिशत हुन आउने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले १८ प्रतिशत बोनस पाउने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २२६ रुपैयाँमा कारोबार भइरहेको छ ।

गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा निवेदन

काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद दिन फागुन २४ गते बोर्डमा निवेदन दिएको छ । फाइनान्सले २८ करोड ९३ लाख ३१ हजार ३ सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । फाइनान्सले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक १६ दशमलब ८५ अंकले घटेर १३४१ दशमलब ५६ अंकमा झरेको छ । त्यस्तै, सोमबारको तुलनामा मंगलबारको करोबार रकममा करिब ३३ करोड रुपैयाँ बराबरको गिरावट भएको छ । सोमबार ७४ करोडको कारोबार भएको थियो भने मंगलबार जम्मा ४१ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ७ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ४२, १९ र १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूूहको परिसूचक भने सामान्य अंकले घटेका छन् । कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी                                              नाफा कमाउने १० उत्कृष्ट कम्पनी