सानिमा बैंकले पनि पायो ३० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति, पूँजी करिब ७ अर्ब पुग्ने
काठमाडौं । सानिमा बैंकले पनि ३० प्रतिशत (१० बराबर ३ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले सोमबार नै बैंकलाई १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिबीआईएल क्यापिटलले गरिरहेको बोर्डले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड ५८ रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ८९ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।
लक्ष्मी बैंकलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । लक्ष्मी बैंकलाई शतप्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनमति अनुसार बैंकले ३ करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको बैंकले जनाएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज, हकप्रद निष्कासन गर्ने
काठमाडौं । एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६४ करोड रुपैयाँ नाग्ने छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४३२ रुपैयाँमा करोबार भइरहेको छ ।