सप्तकोशी डेभलपमेन्ट बैंकको ९७ हजार कित्ता सेयर लिलाम बढाबढमा, २५५ को सेयर १ सयमै

काठमाार्डौ । सप्तकाेशी डेभलपमेन्ट बैंकको ९७ हजार ५२६ किता सेयर लिलाम बढाबढमा विक्री खुला भएको छ । यो बैैंकले यही चैत्र २५ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने गरी सूचना जारी गरेको छ । बैंकको पुस २४ गतेदेखि फागुन १ गतेसम्मका लागि खुला भएको हकप्रद सेयरको विक्री खुला गरेको थियो । यो समयमा आवेदन नपरेका ५६ हजार ७ सय संस्थापक र ४० हजार ८२६ सर्वसाधारण तर्फको सेयरको लागि बैंकले लिलाम बढाबढ गर्न लागेको हो । यो बैैंकको सेयरका लागि न्युनतमभ १ सय किक्ता सेयरमा एक सय भन्दा बढी मूल्यमा कबोल गर्नुपर्ने छ । १ सय भन्दा बढी कित्ता माग गर्नेले १० ले भाग जाने गरी अधिकतम ५६ हजार ७ सय कित्ताको लागि र साधारणर्फको ४० हजार ८२६ कित्ताकै लािग आवेदन दिन पाउने छ । यसकाे विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हाे ।

रिलायबल डेभलपमेन्ट बैंकद्धारा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्ध

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय रद्ध गरेको छ । बैंकको बुधबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गरेको हो । गत असार १७ गतेको १० औं बार्षिक साधारणले पारित गरेको हकप्रद सेयरको निर्णय उल्टाउँदै बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने निर्णय गरेको हो । साधारण सभाले लगानी कर्तालाई २८ दशमलब १४ प्रतिशत बोनस दिएर एक्वायरमा जाने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण्ण बाबु लोहनीले विकासन्युजलाई जानकारी दिए । हकप्रद सेयर जारी नगरि ग्लोबल आइएमई बैंकसँग एक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरेपछि बैंकका लगानी कर्ताले धितोपत्र बोर्डमा उजुरी हालेका थिए । लगानी कर्ताको उजुरीपछि बोर्डले अक्वायर प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । बोर्डको सो निर्देशनपछि रिलायबल र ग्लोबल आईएमईबीचको सम्झौता कार्यान्वन हुन सकेको थिएन ।रिलायवलसँगको सम्झौतापछि ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकसँग एक्वायर गर्ने सहमति गरेकोमा सबै प्रक्रिया पुरा गरी फागुन १ गते आइतबारदेखि एकिकृत कारोबार गरिसकेको छ । रिलायबलको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । नेप्सेमा सूचिकृत पब्लिक कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट गरेर त्यसलाई अर्को साधारणसभाले उल्ट्याउन लागिएको यो पहिलो घट्ना हो ।

ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज हुने, पूँजी २ अर्ब रुपैयाँ नाघ्ने

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । मंगलबार सम्पन्न ओमको बिशेष साधारणसभाले कम्पनीको उक्त मर्जरमा जाने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले यी दुई कम्पनी मर्जपछि १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद सेयर र चालु आ.ब.को मुनाफाबाट बोनस सेयर जारी गरि बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुर्याउने भएको छ । पौष मसान्तको वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड रुपैयाँ र कर्जा १३ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको छ ।