आत्मनिर्भर लघुवित्तले पहिलोपटक घोषणा गर्याे लाभांश

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पहिलो पटक सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

समता घरेलु लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा घट्यो

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले हालसम्मकै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ ।