मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँडको मिति र समय तोकियो
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन गर्ने मिति र समय तय भएको छ । उक्त आईपीओ बाँडफाँड भोलि (असार २८ गते) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटको केन्द्रिय कार्यालमा हुने भएको हो । क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे हुने भएको छ । इन्स्योरेन्सले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । जसमा २० लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार कूल २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ता सेयर माग गरेका छन् । उक्त आवेदन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा गुणा बढी हो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७९.९७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा आइतबार मात्रै दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रहेको छ । कम्पनीको ३१ प्रतिशत अर्थात १ करोड ७० लाख ३८ हजार ०९८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत अर्थात १५ लाख ८ हजार १५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबैको कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।
११ लाख बढीले भरे युनियन लाइफ इन्स्योरेन्सको आईपीओ
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जनाले आवेदन दिएका हुन् । यो अवधिसम्ममा उनीहरुले १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले जारी गरेको भन्दा ३.२७ गुणाले बढी हो । इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको छ । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ । सम्बन्धित समाचार यूनियन लाइफले आईपीओबाट उठेको ३५ प्रतिशत रकम पूँजी बजारमा लगानी गर्ने