सेयर कारोबारमा बैंकहरुः नबिलले कमायो १ अर्ब बढी, एनआईसीसहित ६ बैंकको घट्यो, कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेका छन् । बैंकहरुले सार्वजिनक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेको देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सेयर कारोबारबाटै ६ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा करिब दाेब्बर बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरुले सेयर कारोबारबाट ३ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेका थिए । चालु आर्थिक वर्षको त्रैस्रो त्रैमासमा अधिकांश बैंकहरुको नाफा बढेपनि कोर बैंकिङबाट हुने आम्दानी भने घटेको देखिएको छ । बैंकहरुले कोर बैंकिङ व्यवसाय घटेकाे बेला सेयर कारोबारमा बढी ध्यान दिएको तथ्यांकले देखाउँछ । तेस्रो त्रैमासमा बैंकहरुले सेयर कारोबारमा बढी प्रतिस्पर्धा गरेको देखिन्छ । वाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्म ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गर्दा त्यसको १३.५९ प्रतिशत अर्थात ६ अर्ब ९० करोड सेयरबाट आम्दानी गरेका हुन् । सेयर कारोबारबाट सबैभन्दा बढी आम्दानी गर्ने नबिल बैंक देखिएको छ । नबिल बैंकले चालु आवको ९ महिनासम्म सेयर कारोबारबाट १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । गत वर्षको सोही अवधिमा नबिलले ३५ करोड १३ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेको थियो । नबिलपछि सेयर कारोबारबाट सबैभन्दा बढी आम्दानी गर्ने बैंकको सूचीमा नेपाल इन्भेष्टमेन्ट बैंक र त्यसपछि सिद्धार्थ बैंक देखिएको छ । ९ महिनाको अवधिमा इन्भेष्टमेन्ट बैंक ५९ करोड ९० लाख रुपैयाँ सेयरबाट आम्दानी गरेको छ भने सिद्धार्थ बैंकले ५४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । अधिकांश बैंकहरुले चालु आर्थिक वर्षकाे ९ महिनाकाे अवधिमा सेयर काराेबारबाट उल्लेख्य कमाउँदा एनआइसी एशिया , राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सानिमा र नेपाल एसबिआई बैंकले गुमाएका छन् । अर्थात गत आर्थिक वर्षको तुलनामा कम आम्दानी गरेका छन् । 

एनआईबिएल समृद्धि फण्ड-२ः तीन दिनमै सबै बिक्यो, आजसम्म आवेदन दिन पाइने

काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तेश्राे दिनमा नै सबै बिक्री भई सकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७ लाख ५७ हजार २२० इकाई (एक अब ३४ करोड ७५ लाख ७२ हजार २०० रुपैयाँ बराबर) को लागि आवेदन परिसकेको छ । जुन संस्थाले माग गरेकाे भन्दा १२.३० प्रतिशत बढीकाे आवेदन हाे । क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेकाे हाे । उक्त फण्डमा न्यूनतम १००  देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज अर्थात बैशाख १६ गते अन्तिम दिन रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्स सभामा जाँदै, बैशाख २९ गतेदेखि बुक क्लोज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स आगामी जेठ ११ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान १०ः३० बजे काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा बाेलाएकाे हाे । सभामा जाने प्रयोजनको लागि कम्पनीको बैशाख २९ गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने भएको छ । सभाले आर्थिक वर्षको २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ असार मसान्तसम्मको वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । साथै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने छ ।