गुराँस लाइफ इन्स्योरेन्सले घटायो बोनसदर, तोक्यो साधारणसभा र बुक क्लोजको मिति

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले यसअघि घोषणा गरेकाे बोनसदर घटाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ कोे नाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीले यसअघि घोषणा गरेको भन्दा ५० प्रतिशत कम हो । यसअघि कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी भई नेप्सेमा सूचीकृत भए पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्ब ८७ करोड कायम भएकोले बोनसदर घटेको कम्पनीले जनाएको छ । त्यसैले, कम्पनीले सोही पुँजी १ अर्ब ८७ करोड रुपैयाँमा ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लगेको छ । साथै, सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको नगद लाभांश सभाले पारित गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको १०औं वार्षिक साधारणसभा मंसिर ४ गते बिहीबार बस्दै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको तीनकुनेमा बस्दै छ । सभाले लाभांश प्रस्ताव सहित कम्पनीको विभिन्न प्रस्तावलाई पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना गरी कूल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले कार्त्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यससँगै मंसिर १९ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

मेगा बैंकको लिलामीमा राखेको सेयर प्रारम्भिक कटअफ मूल्य निर्धारण, सर्वसाधारणको कति ?

काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटको अनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ तथा सर्वसाधारण समूहतर्फको २१६ रुपैयाँ कायम भएको छ । बैंकको उक्त सेयरमा ५ हजार एक सय ५१ जना आवेदकहरुले आवेदन दिएका दिएका थिए । जसमध्ये संस्थापक समूहतर्फ जम्मा ११९ जना तथा सर्वसाधारण समूहतर्फ ५ हजार ३२ जनाको आवेदन परेको थियो । बैंकले असोज ११ गतेदेखि असोज १८ गतेसम्म ११ लाख ३३ हजार ३ सय ४४ कित्ता संस्थापक तथा ७ लाख ७ हजार ३९४ कित्ता सर्वसाधारण सेयर लिलाम बढाबढद्धारा बिक्री खुला गरेको थियो । साथै, बैंकले सकेसम्म छिटो अन्तिम कटअफ मूल्य प्रकाशन गर्ने र सोही बमोजिम फिर्ता भुक्तानी समेत वितरण गर्ने जानकारी गराएको छ ।

नेप्सेले खारेज गर्याे ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता, कुन कुनकाे ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विभिन्न ५ वटा ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेका हो । हालसम्म २२ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि अनुमति पाएका थिए । जसमध्ये १७ कम्पनीले नविकरण गर्न निवेदन दिएका छन् भने बाँकी ५ कम्पनीले हालसम्म निवेदन नदिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार २८ नम्बरको श्री कृष्ण सेक्युरिटिज, ५२ नम्बरको सुन्धारा सेक्युरिटिज, १० नम्बरको प्रज्ञान सेक्युरिटिज, ५८ नम्बरको नासा सेक्युरिटिज र २२ नम्बरको सिप्रवी सेक्युरिटिजले नविकरणको लागि निवेदन दिएका छैनन् । त्यसैले, नेप्सेले उक्त कम्पनीको मार्जिक कारोबार सदस्यता खारेज गरेको हो । मार्जिन कारोबार सदस्यता खारेज भएका कम्पनीहरू मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ परिच्छेद २ को दफा ६(२)मा भएको व्यवस्था अनुसार नेप्सेले उक्त ब्रोकर कम्पनीको अनुमति पत्र स्वतः खारेज गरेको जानकारी गराएको छ । मार्जिन कारोबार सेवा नवीकरण गरेका कम्पनीहरू