यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम
काठमाडौं । नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू गर्ने भएकाे छ । नेप्से सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । स्टक डिलरकाे काम सञ्चालनलाई सहज बनाउन नेप्सेले बनाएको उक्त कार्यविधि अनुसार स्टक डिलरले विभिन्न १४ वटा काम गर्न नपाउने भएका छन् । स्टक डिलरले गर्न नहुने कामहरूः १) नेप्से तथा बोर्डको स्वीकृत बेगर कारोबार बन्द गर्न पाउने छैनन् । २) नेप्सेलाई झुठा वा भ्रामक सूचना वा विवरण दिन पाउने छैनन् । ३) नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था रहेको छ । ४) बजार सञ्चालनको निमित्त बाधा पार्ने काम गर्न पाउने छैनन् । ५) स्टक डिलरले बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्न पाउने छैनन् । ६) कारोबार गरिने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्न नपाइने । ७) कुनै पनि सूचीकृत कम्पनीले तोकेको भन्दा बढी सेयर लिन पाउने छैनन् । ८) नेप्सेको प्रणालीभन्दा बाहिर गएर सेयर बिक्री गर्न नपाइने भएको छ । ९) अख्तियार प्राप्त निकायले रोक्का गरेको सेयर पनि किनबेच गर्न पाइने छैन । १०) झुट्ठा कारोबार गर्न पाइने छैन । ११) स्टक डिलरले अनुमति नलिई हाई फ्रिक्वेन्सी ट्रेडिङ् वा अल्गोरिदममा आधारित कारोबार सञ्चालन गर्न पाउने छैनन् । १२) उनीहरुले कुनै पनि कम्पनीको भित्री सूचनामा आधारित रहेका कारोबार गर्न नपाउने भएका छन् । १३) नेप्सेको कारोबार प्रणाली जोडिएको उपकरणहरुका नेप्सेको प्रणाली, उपकरण, तथ्यांक एवं कारोबार प्रकृयालाई असर गर्ने गरी अन्य उपकरण वा सफ्टवेर जडान गर्न पाउने छैनन् । १४) यसका साथै, प्रचलित नेपाल कानून विपरित हुने अन्य कामहरु गर्ने नपाउने नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कार्यविधिमा भनिएको छ । सम्बन्धित समाचारः स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने
स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने
काठमाडौं । धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू हुने भएको छ । नेप्सेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । उक्त कार्यविधि अनुसार जतिसुकै चुक्ता पुँजी भएको स्टक डिलरले न्युनतम एक हजार कित्ताभन्दा कम परिमाणको सेयर किनबेच गर्न नपाउने भएका छन् । त्यस्तै, उनीहरुले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरिद बिक्रीको लागि अडर गर्न नपाउने व्यवस्था गरिएको छ । स्टक डिलरले २० करोड भन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाउने छैनन् । कार्यविधिमा स्टक डिलरले कम्पनीको चुक्ता पुँजीको आधारमा एक पटकमा गर्ने सेयर किनबेचको लागि सीमा तोकिएको छ । ८ अर्ब रुपैयाँ वा सो भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको एक पटकमा ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छ । त्यस्तै, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार कित्तासम्म, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ३० हजार कित्तासम्म तथा एक अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २५ हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । त्यसैगरी, स्टक डिलरले ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २० हजार कित्तासम्म र २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको १० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् । यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम यस्ताे छ कार्यविधिः [pdf id=231746]
नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड, लाभांशमा नगद र बोनस दुबै सम्भावना
काठमाडौं । नेपाल बैंकले नाफा २ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेको छ । असार मसान्तको वित्तीय विवरण प्रकाशित गर्दै बैंकले सेयरधनीलाई वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँ रहेकाे जनाएकाे छ । बैंकको सेयर पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । गत वर्षको नाफा र सेयर प्रिमियमसमेतलाई हेर्दा बैंकले सेयरधनीलाई नगद र बोनस दुबै लाभांश दिने सम्भावना रहेको छ । सेयर प्रिमियम रकम १ अर्ब ७८ करोड रुपैयाँ छ । उक्त रकम बैंकले बोनस सेयरमार्फत मात्र वितरण गर्नसक्छ । बैंकको सेयर पुँजी, सेयर प्रिमियम, अवितरित नाफा, संचित कोष सहितसहित कुल पुँजी ३० अर्ब १८ करोड छ । अर्थात ३० अर्ब १३ करोड रुपैयाँ पुँजी परिचालन गरेर बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेकाे हो । बैंकको सञ्चालन नाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ । गैर सञ्चालन नाफा २७ करोड ५८ लाख रुपैयाँ थपेर बैंकले कर अघिको नाफा ३ अर्ब ८४ करोड आर्जन गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १६.६८ प्रतिशत रहेको छ । खराव कर्जा अनुपात २.५९ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ । बेसरेट ६.९९ प्रतिशत छ भने स्प्रेडदर ३.७० प्रतिशत रहेको छ ।