दोहोरो गणनाले साेमबारको कारोबार रकममा गढबढी

बजार बन्द भएपछि देखिएको कारोबार रकम काठमाडौं । सोमबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को साइटमा समस्या देखिएको छ । साे दिनकाे कारोबार रकममा लाखाैँकाे घटबढ देखिएको छ । बजार बन्द भएको करिब एक घण्टासम्मको साइटमा दिनभर एक अर्ब ३ करोड ७६ लाख ४३ हजार २९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिएको थियो । त्यसपछिको केही बेरमा २ अर्ब ९ करोड २० लाख ७९ हजार ८०६ रुपैयाँ बराबरको सेयर किनबेच भएको देखिएको थियो । बजार बन्द भएको करिब साढे एक घण्टापछि देखिएको कारोबार रकम तर अहिले हेर्दा एक अर्ब ४ करोड ६० लाख ३९ हजार ९०३ रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । दोहोरो गणनाको समस्या समाधान भएपछिको कारोबार रकम यस विषयमा नेप्सेका प्रबक्ता मुराहरी पराजुली भन्छन्, “दोहारो गणनाले गर्दा साइटमा समस्या आएको थियो । जसको कारणले गर्दा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको थियो । अहिले उक्त समस्या समाधान भइसकेको छ ।” साथै, सोमबारको कुल कारोबार रकम भने १ अर्ब ३ करोड रुपैयाँ नै हो । पछि विभिन्न कम्पनीहरुको समायोजन भएका प्रमोटर सेयरहरुको कारोबार जोड्दा बढेर कुल एक अर्ब ४ करोड रुपैयाँ पुगेको उनले बताए ।

निरन्तर बढिरहेको नेप्सेमा लाग्यो ब्रेक, कारोबार रकममा भने वृद्धि कायमै

काठमाडौं । नयाँ वर्ष लागेयता निरन्तर बढीरहेको बजारमा सोमबार भने एक्कासी ब्रेक लागेको छ । करिब दुई सातादेखि दैनिक दोहोरो अंकले उकालो लागेको बजार सोमबार भने ७.२६ अंकले ओरालो लागेको छ । सो दिनको परिसूचक आइतबारको तुलनामा ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा झरेको छ । आइतबारको बजारमा नेप्से करिब ३२ अंकले उकालो लागेको थियो । निरन्तर बढीरहेको बजार एक्कासी ओरालो लाग्दा बजार करेक्सनतर्फ लागेको भन्ने बुझिन्छ । नेप्से घटेर करेक्सनतर्फ लागेता पनि कारोबार रकममा भने वृद्धि कायमै देखिएको छ । सोमबारको बजारमा पनि कारोबार रकमले एक अर्ब रुपैयाँ नाघेको छ । सो दिन कुल १६८ कम्पनीको एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब एक करोड रुपैयाँ बढी हो । आइतबार कुल एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिन जस्तै सोमबार पनि बढी कारोबार गर्ने सूचीमा अधिकांश वाणिज्य बैंक परेका छन् । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सिभिल, प्रभु, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि र एभरेष्ट बैंकको ३/३ करोडको हाराहारीको सेयर किनबेच भएको छ । बढी कारोबार गर्ने सूचीमा वाणिज्य बैंक परेता पनि बैंकिङ समूहको उपसूचक ओरालो लागेको लागेको छ । आइतबार ४ प्रतिशतले उकालो लागेको बैंकिङ समूह सोमबार १.१९ प्रतिशतले ओरालो लागेको छ । सोमबार जीवन, निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः १५४, ६४ र २३ अंकले हरिया भएका छन् भने बाँकी कारोबारमा आएका सबैसूचक राताम्मे देखिएका छन् ।

आरम्भ माइक्रोफाइनान्सको वैशाख १८ गते बुक क्लोज, विशेष साधारणसभा बस्दै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी वैशाख १८ गते बुक क्लोज हुने भएको छ । माइक्रोफाइनान्सले विशेष साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाको विशेष साधारणसभा आगामी वैशाख २६ गते दिउँसो एक बजे बनेपास्थित आफ्नो केन्द्रीय कार्यालयमा बस्दै छ । सभामा संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।