मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँको १ः०.६ अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले हकप्रद सेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । बिहीबार सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायीक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरूको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्ताहरूलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ ।
पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । पशुपति भेन्चर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार भएको सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी जसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ ।
१० अंकले घट्यो नेप्से, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार (आज) नेप्से १०.६६ अंकले बढेर २६१५.०३ विन्दुमा कायम भएको छ । आज ३२९ स्टकको ६४ हजार २९ पटक कारोबारमा १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार दुई स्टकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानेलको सेयरमा १० प्रतिशतले बढेको छ । त्यस्तै, बाराही हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमको आधारमा बाराही हाइड्रोपावरको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।