जुलाई २६ देखि सांग्रिला संवाद सुरु हुने
काठमाडौं । पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरिचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद गर्ने भएको छ । संवाद जुलाई महिनाबाट आयोजना गर्ने घोषणा गरेको छ । सुरुवाती संवाद मोक्ष बार एण्ड रेस्टुरेन्ट, झम्सिखेलमा जुलाई २६ का दिन सुरु हुनेछ । फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्यअनुसार प्रथम संवाद कविताप्रति समर्पित हुनेछ । वक्तव्यमा लेखिएको छ, ‘संवाद कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवससँग कवि रमेश क्षितिजबीच वार्तालाप रहेको छ ।’ उक्त वार्तालापमा दिवसको साहित्यिक जीवन र त्यसमा गरेका समर्पण साथै संस्कृति विकासमा कविताको भूमिकामाथि छलफल गरिने जानकारी समावेश छ । अन्तरक्रियापश्चात, कविता वाचन सत्र सुचारु हुनेछ जसमा वरिष्ठ र युवा कविहरूले आफ्ना उत्कृष्ट कविता वाचन गर्नेछन् । कविहरू अविनास श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गिता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटाले आफ्ना कविताहरू सुनाउने छन् । कार्यक्रमको उद्घाटन तुलसी दिवसले गर्ने छन् । अन्तरक्रिया, किताब विमोचन, पठनका लागि साथै समग्र लेखन पठन संस्कृतिको वृद्धि विकासको लागि कार्यक्रम मासिक रुपमा आयोजना गरिने प्रेस वक्तव्यमा लेखिएको छ ।
ग्राहकका लागि डिशहोमको उपहार : वर्षदिनको इन्टरनेट सित्तैमा
काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’ शीर्षकको विशेष योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ वार्षिक इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू प्रत्येक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन् । कम्पनीका अनुसार प्रत्येक हप्ता १४ जना विजेता छनोट हुनेछन् । जसमध्ये १० जना नयाँ ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक हुनेछन् । विजेताहरूले ३६५ दिनको इन्टरनेट सेवा सित्तैमा पाउनेछन् । डिशहोमले यो अफर आफ्ना ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने र उनीहरूको निरन्तर साथप्रति आभार प्रकट गर्ने उद्देश्यले ल्याएको हो । लक्की ड्रको नतिजा डिशहोमको आधिकारिक फेसबुक पेज तथा रमाइलो एचडी च्यानलमार्फत हरेक शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । विशेष परिस्थितिमा, नतिजा आईतवार साँझ ५ बजे गरिनेछ । ग्राहकहरूले नजिकको डिशहोम डिलरमार्फत वा खल्ती, ईसेवा, माइडिशहोम एप प्रयोग गरेर सेवा जडान वा रिचार्ज गर्न सक्नेछन् । डिशहोमले प्रदान गर्ने वार्षिक प्याकेजहरूमा १०० एमपीबीएस देखि ३०० एमपीबीएससम्मको गति उपलब्ध छ । यस योजनाले ग्राहकहरूलाई उच्च मूल्यमा उत्कृष्ट अनुभव दिन सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न, उपाधि सीजी कम्युनिकेसनलाई
काठमाडौं । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए । सहभागी टिमलाई ४ वटा समूहबीच विभाजन गरी समूह चरणको खेल खेलाइएको थियो । प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पारेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन) बाट चयन भए । समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए ।