यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १/१ विकेट लिए । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।

नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न क्रिकेट संघसँग डिशहोमको साझेदारी

काठमाडौं । टि२० विश्वकप एशिया छनोटमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न नेपाल क्रिकेट संघसँग डिशहोम फाईवरनेटको साझेदारी गरेको छ । डिश मिडिया नेटवर्क (डिशहोम फाईवरनेट), ले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको हो। डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन् । चलिरहेको टि२० विश्वकप एशिया छनोटको ठूलो महत्व छ, र डिशहोम फाईवरनेट को सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको छ । डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष श्री रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’

डिशहोमको एक लाख पुरस्कार हस्तान्तरण

काठमाडौं । डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरिएको छ । बेलचौतारा शुक्ला गण्डकीमा आायोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा भएको लक्की ड्र मार्फत गुरुङले एक लाख जितेका थिए । डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान चलाएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । गत १ असोजबाट सुरु ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि भएको डिशहोमले जनाएको छ ।