डिशहोमले खेलाडीका लागि घोषणा गर्यो २० लाखको नगद पुरस्कार

काठमाडौं । डिशहोमले खेलाडीको हौसला बढाउदै २० लाखको नगद पुरस्कार घोषणा गरेको छ । । नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोमले खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । बुधबार डिशहोमको डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार घोषणा गरेको हो ।  डिशहोमले नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै खेलाडीहरुको प्रोत्साहनका लागि २० लाख सम्मको नगद पुरस्कार घोषणा गरेको हाे । अहिले नेपाली खेल मैदानमा भईरहेको टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइल्स्टोनलाई सम्मान गर्दै हरेक इनिङ्गमा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गरेको कम्पनीले जनाएकाे छ । खेलाडीहरुले एकै खेलमा १०० रन र पाँच विकेट दुबै लिएमा २० लाख, १०० रन गरेमा १० लाख, पाँच विकेट लिएमा ५ लाख, हाल्फ सेन्चुरी गरेमा एक लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनको ५० हजार र ३ क्याच (स्टम्पिङ्) गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको हो ।

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा तिमिलाले जिते एक लाख रुपैयाँ

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएकको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद एक लाख रुपैयाँ जितेका छन् । कात्तिक ०६ गते सोमबार भएको लक्की ड्र मार्फत तिमिलाले नगद एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

नेपालको लगातार दोस्रो जित, मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा पुरा गर्दै १६६ रन बनाएको हो । नेपालले ६ विकेटले खेल जितेको हो । सोमबार नेपालले सिंगापुरलाई हराएको थियो । दाेस्राे जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाए । नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।