सुन्दर घलेगाउँ
फेवा, रुपा वेगनास पोखराबाट सरर। बेशीशहर लमजुङ घलेगाँउ हेर्ने रहर।। घलेगाउँ पुग्ने हाम्रो आस। बस्नु पर्यो बेसीशहरमा बास।। मिलिजुली एकत्वमा बसेका थिए रे, बेशीशहरमा विविध थरका जात। रोपे कस्ले जातीय द्वन्दको विज, आखिरमा हुने भयो तिनको नास।। पुमाको चौतारीबाट टलकन्छ फाँटमा, अन्नपूर्ण माछापुच्छ्रेको छायाँ। सुर्यको किरण झैँ झुल्कियो मर्स्याङ्दी, बगेको छ बेशीशहरको दायाँ बायाँ।। गर्यो स्वागत घले गाउँले बसाएको रहेछ थिति प्रशान्त नामले। लोभ्याएछौ सबैलाई गुरुङ जातिको अविनासी कृति योग्य कामले। विभिन्न थर गुरुङ जातिको बासस्थान, चलेछ नाउँ घलेगाउँ । स्वनिर्भर चिरस्थायी प्रकृतिको बरदान आहा कस्तो सुन्दर ठाउँ।। एक गाउँ रहेछ नाम भुजुङ, बसोबास गरेछौ गजाङ गुजुङ। जन्म देखी मृत्यु पर्यन्तको सभ्य र भव्य संस्कार र संस्कृति। मातृत्व, भातृत्व, रितिरिवाजले, रोकेछौ समाजिक बिकृति। रातो छानामा सिंगारिएका घरका छुट्टै पहिचानका कवच। कहिल्यै नरिसाउने नथाक्ने स्वनतमस्तक रहेछ घले गाउँको लवज।। गुरुङ थर घलेगाउँ संस्कृति र संस्कार बुझ्न सबै जाने ठाउँ । अतिथि देव भवको जिवन्त दिने सत्कार, आहा सबै हेर्न जाउँ।। कवि : सूर्य बहादुर कार्की उप प्रवन्धक नगर विकास कोष
दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख रुपैयाँ बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली गरी १० जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । रासस
कविता : धन कमाउँछु, घर जमाउँछु
आमा र बुबाको हाँसोका लागि मेरो खाँचो बन्न, रहर छ, करोडौं सपना सजाएको कोठाको साँचो बन्न । धन कमाउँछु, घर जमाउँछु, साथ बसाउँछु, छुट्ने छैन हाम्रो नाता, देऊ हात कसिलोसँग समाउँछु । नसुनाऊ कसले के गर्यो, कहाँ पुग्यो, के सफल भयो, लाग्छ आजसम्म मैले गरेको सबै प्रयास विफल भयो । देखेको र सोचेको त कैयौं कुरा हुन्छन्, केही गरेर देखाउन सकेको नि होइन, कुनै दिन त होला नि, अहिले पो मुखमा च्याप्ने एक खिल्ली खुसी पनि छैन । न त बन्न सके राम्रो नै न त छ मनमा चैँ-न भाग्य भए, भोलि त होला नि आज पो छैन । पैसा नै सबै थोक त हैन, तर पैसाको बिटो हातमा गन्नेछु, भाग्य भए, एक दिन सफल म पनि त बन्नेछु । छन् ! सपना सजाएर फाट्न लागेका झोला, के मैले देखेको, सोचेको, आँटेको र साँचेको रहर पूरा होला ?