गरौं दर्शन रारालाई

प्रकृतिको उपहार स्वर्गको बगैँचा रारा । कान्जिरोहा शिरको हिमालको चाँद टल्कन्छ टलक्क ।। ईन्द्रेणी झै बदल्छौ सप्तरुपी रँग झलक झलक । तिजा र सिँजाको मिलनले देखाउँछ मानव सभ्यताको चलन।। स्वर्गको बगैँचाको बार्दलीबाट तिमीलाई निहाल्दा बल्दछौ धपक धपक । विउझाउँछौ मृत्यू तुल्य सारालाई तिम्रो विविध रंगले ।। नासिय नासिन्छन जगतमा कति तिम्रो मोहनी रुपले। प्रकृतिले सिँगारेको त्यो स्वर्गको बगैँचा रारा अभिनासी। सदावहार जवानीको सन्देश दिन्छ सारालाई गरौँ दर्शन रारालाई ।। कवि नगर विकास कोषका उपप्रबन्धनक हुन् ।

पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित भएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् । भट्टराई नेपाल राष्ट्र बैंकको तेर्हौं गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् । उनको कार्यकाल सन् २००५ देखि २०१० सम्म रह्यो । उनी केही समय भ्रष्टाचार मामिलामा परि वर्खास्त हुँदा दिपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरिएको थियो ।

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो  । जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भएको छ ।