रमेश थापा र आशा लामाको दशैं गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

काठमाडौं । गायक रमेश थापा र गायिका आशा लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दशैं गीत सार्वजनिक गरिएको हो ।काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा बेबारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, उनकी धर्मपत्नी पुजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रमजंग शाहले गीतसंगीत र कलाकारको काम गीत गाउने, नचाउने र आम मानिसलाई जम्मा पार्ने मात्र हो भन्ने शैलीलाई संघले परिवर्तन गरेको बताएका छन् । र, त्यसबारे कलाकारहरुले बुझ्नुपर्ने उनको भनाइ थियो । कलाकारहरुलाई जहिले अफठेरो पर्दा सधै संघले सहयोग गर्दै आएको पनि उनले बताए । गायक नवराज घोरासैनीले नेपाल ३ सय ६५ वटा संस्कृतिको धनी देश भएको बताए । पछिल्लो समय रत्यौलीदेखि मार्मिक गीत लिएर देशलाई सुहाउने गीतको सृजना भइरहेको उनले सुनाए । र, उक्त गीत आम मानिसहरुको दुःख सुःख समेटेर बनेको भन्दै उनले दशैँ जस्तो नेपालीको महान चाडमा दिदीभाईको माया गीतमा झल्कके बताए । यसैगरी, भिडियोमा मुख्य भुमिका निभाएका विनयजंग बस्नेतले गीत सामाजिक, सन्देश मुलक र चेतनामुलक भएको बताएका छन् । गीतको भिडियो पनि राम्रो बनेको उनको दाबी छ । बस्नेतले सबैले लोकसंगीतलाई जर्गेना गर्नुपर्नेमा जोड दिँदै लोकगीतलाई सबैले माया गर्नुपर्ने धारणा राखे । उक्त गीत विदेशमा रहेका नेपालीहरुप्रति समर्पित रहेको उनले स्पष्ट पारे । गीतमार्फत विदेशिएका छोराहरुले आफ्ना बावु आमालाई बिर्सियो की भनेर सम्झाउन खाजेको पनि बताए । त्यस्तै, गायिका आशा लामाले नेपालीहरुले विदेशमा गएर धेरै दुख गर्न परेको सुनाइन् । आफ्नो परिवारलाई नेपालमा छाडेर विदेशिन बाध्य हुने पीडा सुनाउँदै उनले दुःख गरेर पैसा पठाए पनि आफन्तले छाडेर गएको अवस्थालाई गीतमा उतारिएको उनको भनाइ थियो । यसैगरी, गंगाराम धितालले विदेशमा बसेका दाजुभाईहरुले नेपालमा रहेको आफन्तलाई सम्झने बताएका छन् । विदेशी भूमिमा रहेका नेपालीहरुले दशैँमा परिवारको सम्झना गीतमा झल्कने स्पष्ट पारे ।

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गरे । ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटि मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेलमा पठाईसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिनेछ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिए । साथै उनले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्देशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चिनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।

मिस ग्राण्ड नेपाल २०२२ को शनिबार फाइनल हुने

काठमाडौं । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस ग्राण्ड नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भाद्र २५ गते होटेल शंकर, लाजिम्पाटमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजकले जनाएको छ । विजेताले मिस ग्राण्ड नेपाल २०२२ को ताज सहित इन्डोनेसियाको बाली र जाकार्तामा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउनेछन् । साथै विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिता विजेताले ६ लाख रुपैयाँको उपहार पनि पाउने आयोजक कमिटीले जनाएको छ । प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् । मिस ग्राण्ड नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राना (लाहुरे), अभिनेत्री आँचल शर्मा, समाजसेवी छिरिङ वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिइएको जनाएको छ । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरिरहेको छ ।