इच्छाराजकी श्रीमति सिर्जना पनि पक्राउ, सहकारीका बचतकर्ताको ५ अर्ब ८४ करोड ठगेको आरोप
काठमाडौं । सिभिल सहकारीका सञ्चालक इचछाराज तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ पनि पक्राउ परेकी छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (आईबी) उनलाई मंगलबार पक्राउ गरेको हो । सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं बिभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१हजार रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् । बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाई १५३० जना पीडितहरुले यस कार्यालयमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिई सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई गत मंसिर १७ गतेमा उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी ईच्छा राज तामाङ् र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा छन् । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जि जारी भई शुरु देखी नै फरार रहेकी प्रतिबादी उक्त संस्थाका लेखा समिति सदस्य एवं प्रतिवादी ईच्छा राज तामाङ्को पत्नी सिर्जना शाक्य ९तामाङ०लाई आज रामशाहपथबाट पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको बताइएको छ ।
‘कार्ट्समान्डु सिलालम टुर्नामेन्ट’मा दिगविजय अधिकारी विजयी
काठमडाैं । धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्डु सिलालम’ मा डिगविजय अधिकारीले बाजी मारेका छन् । यस्तै विवेश श्रेष्ठ र फेलिक्स भ्यान रिसन दाेस्राे र तेस्राे भएका छन् । वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ, एफ आई ए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले उपाधि र प्रमाण पत्र प्रदान गरेका थिए । यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।
हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउन श्रीमान्/श्रीमति नै सक्रिय, नक्कली प्रहरी निरीक्षक बनेर बार्गेनिङ
काठमाडौं । काठमाडौंमा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउने नक्कली प्रहरी निरीक्षकको जोडीसहित तीन जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले एक व्यवसायीलाई धम्की दिएर पैसा मागेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् । नक्कली प्रहरी निरिक्षक गरेर उनीहरुले बार्गेनिङ गरेको आरोपमा पक्राउ गरिएको हो ।