त्रिदेशीय टी–२० क्रिकेट: नेपाल सिरिज जित्ने दाउमा
काठमाडाैं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उनको विश्वास छ । नेपालको हालसम्म ब्याटिङ राम्रै रहेको र आजको खेलमा पनि त्यसैलाई निरन्तरता दिनसके जीतन कठिन नहुने कप्तान मल्ल बताउँछन् । खासगरी प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा छन् । उनले लगातार तीन अद्र्धशतक प्रहार गरेका छन् । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए । ब्याटिङमा नेपालका लागि आसिफ शेख, कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र करण केसी भरपर्दा खेलाडी हुन् । नेपालको बलिङ लइन पनि बलियो नै छ । खासगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहेका छन् । उनले चार खेलमा ११ विकेट लिएका छन् । यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन् । यी बाहेक अन्य खेलाडीको प्रदर्शन पनि राम्रै रहेको कप्तान मल्लको भनाइ छ । त्रिवि मैदानमा नेपालले पहिला ब्याटिङ गर्ने मौका पाए २०० रनको स्कोर पार गर्ने लक्ष्य हुनेछ । पहिला फिल्डिङ गरेको खण्डमा नेदरल्याण्डस्को पारीलाई १५० देखि १७० रनको स्कोरसम्म नै सिमित गर्ने योजना नेपाली टोलीले बनाएको छ । समग्रमा नेपाली टोली पहिलो पटक घरेलु मैदानमा टि–२० सिरिज जीतने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ । नेपालले पहिलो पटक युनाइटेड अरब इमिरेट् ९युएइ०लाई सन् २०१९ मा उसकै भूमिमा टि–२० सिरिज २–१ ले जीतेको थियो । फाइनल खेल दिउँसो सवा एक बजे सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेको हो ।
भाेलिबाट नेपाल सुपर लिग हुँदै, विजेताले ३५ लाख रुपैयाँ पाउने
काठमाडाैं । भोलीबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । आयोजकले कोरोना भाईरसको महामारी बाबजुत पनि सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दिए । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना हुने बताए । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शक बिना संचालन हुनेछ । यस्तै प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्राव्धान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलीबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साझ साढे ५ बजेबाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछ । विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछन । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघले किन्याे गौतमबुद्ध रङ्गशालाकाे कुर्सी
काठमाडाैं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनमा बनिरहेको गौतमबुद्ध रङ्गशालामा एक कुर्सी संस्थाको नाममा किनेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका पदाधिकारीहरुले कुर्सी किनेको जानकारी दिएका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रङ्गशालामा आर्थिक समस्या भएको र त्यसमा सघाउ पु¥याउने उद्देश्यले संघले कुर्सी किनेको हो । संघले एनएनआइपीए स्पोर्टस अवार्डबाट बचत भएको एक लाख रुपैयाँ कुर्सी बुक गर्न दिएको हो । उक्त रकम बराबरको चेक शुक्रबार आयोजना भएको कार्यक्रममा फाउण्डेसनका सञ्चालक सिताराम कट्टेललाई हस्तान्तरण गरिएको छ । करिब तीन अर्वको लगानी रहेको रङ्गशालामा आर्थिक समस्या भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न अभियान सञ्चालन गरी सहयोग जुटाउँदै आएको छ ।