दुधौलीका तीनवटा वडामा लकडाउन, उल्लङ्घन गरेमा कारबाही गरिने
सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए । उनले भने “हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौं ।” उनका अनुसार नगरपालिकाका वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको छ । बुधबार दुधौली नगरपालिका-१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ । ती क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सम्बद्ध निकायका कर्मचारीलगायत सबैमा सेवा लिँदा-दिँदा र सामाजिक गतिविधि गर्दा स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सेवा आदानप्रदान निर्देशन दिइएको छ । रासस
कोरोना बिरामीको सेवाको लागि कर्णालीमा एम्बुलेन्स र हेलिकोप्टरको व्यवस्था गरिने
कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड-१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोभिडमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि कम्तीमा १० वटा एम्बुलेन्स भाडामा लिई सञ्चालन गर्ने र विकटमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेशअन्तर्गत कोभिड अस्पतालका लागि २४सै घण्टा विद्युत् आपूर्तिको व्यवस्थाका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री विमला केसीले जानकारी दिए । त्यसैगरी कोरोना रोग नियन्त्रण तथा उपचारका लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामग्री विशेष परिस्थितिअनुरूपको प्रक्रिया अपनाई खरिद गर्न स्वीकृति दिनका लागि सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरिएको मन्त्री केसीले बताए । उनका अनुसार कोभिड सङ्कट व्यवस्थापनका लागि आवश्यक जनशक्ति र बजेटसहित एकीकृत सेवा व्यवस्थापन गरी ठोस योजना बनाई विस्तृत प्रस्ताव तयार गर्ने र अर्को बैठकमा पेश गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउनु पर्नेछ । त्यस्तै कोभिड आइसोलेसनका लागि आवश्यकतानुसार निजी क्षेत्रका होटललाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने, दिनप्रतिदिन फैलिँदै गएको कोरोना नियन्त्रण तथा उपचार गर्न औपचारिक कार्यक्रमका लागि २५ र अनौपचारिक कार्यक्रममा पाँचभन्दा बढी भेला हुन नदिन र कोभिड सुरक्षा सतर्कता अपनाउन नागरिक तहसम्म प्रचारप्रसार गर्ने र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षा निकायले कडाइका साथ पालना गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए । कोभिड बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिडसम्बन्धी विशेष अस्पताललाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन दिने, एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट गर्ने र सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया निर्धारण गरी जिपिएसमार्फत एम्बुलेन्स सेवा व्यवस्थापन प्रणाली एप्स सञ्चालन गर्ने गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ । रासस
एनसेलले लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य लिएको छ । यो हरित उद्यान काठमाडा ैंमहानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुलाजिमखाना र बालबालिकाकालागि खेल्ने स्थान लगायतकाविषेशताहरु रहने छन् । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमाबन्ने छ । एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्याननिर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसारलैनचौर हरित उद्याननिर्माणको कार्य गरिरेहकोे छ । ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्नगरी हालउद्याननिर्माणका लागिमैदानउत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमाआउने मानिसहरुकालागिपार्किङ्, शौचालयसुविधा र सोलार बत्तिको व्यवस्था यस उद्यानका केहीथपविषेशताहरु हुन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, ‘सामाजिकआर्थिक विकासमा योगदान पुर्याउँदै तथावातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आएका छौं । यो पहलले समुदायमा स्वस्थवातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धीलक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ ।सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्याननिर्माणका लागि योगदान पुर्याउनपाएकोमा हामीखुसी छौं ।’ ख्याम तिवारीले यो कामको सहकार्यले आफुहरु खुसी भएको बताए । ‘यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पती हुनेछ, यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ,’ तिवारीले भने । यस अघि एनसेलले धनुषाधाम संरक्षितवनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यस पहलको सफलकार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षितवनलाई ‘खुल्लाचरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’पनि घोषणा गरिसकेको छ ।