साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन
काठमाडाैं । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् । यसैबीस, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले साहित्यकार श्रेष्ठको साहित्यिक देनको स्मरणसहित उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
भक्तराज आचार्य राष्ट्रिय संगीत पुरस्कारबाट कुमार बस्नेत र प्रकाश गुरुङ्ग सम्मानित
काठमाडौं । २०७७ सालको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मानबाट गायनतर्फ वरिष्ठ गायक कुमार बस्नेत र संगीततर्फ वरिष्ठ संगीतकार प्रकाश गुरुङ्ग सम्मानित भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गत चैत्र १४ गते बस्नेत र गुरुङ्गलाई सम्मान स्वरुप जनही पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि वर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।
थारुहट कल्याणकारीसँग वार्ता गर्न टोली गठन
काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । सोमबार सरकारका प्रवक्ता पार्वत गुरुङले सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् । उक्त टोलीले रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता गर्ने बताइएको छ ।