गाईपालक उप-प्राध्यापक जसलाई बैंकले बिनाधिताे ८ कराेड कर्जा दियाे
काठमाडौं । बाबुराम कार्कीले शुरुमा आफ्नै परिवारको प्रयोजनका लागि मात्र गाई पाले । त्यो भन्दा पर उनले सोचेका पनि थिएनन् । उनले भक्तपुरको दुधपाटीमा दुइटा गाई पाल्न सुरु गरे । आफूलाई पुगेपछि उनले छिमेकीलाई बेच्न थाले । बिस्तारै माग बढ्दै गयो । कार्कीले दुईबाट गाईको संख्या ६ पुर्याए । ओखलढुंगाका कार्की पेशाले त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक हुन् । उनले अर्थशास्त्र पढाउँछन् । अहिले सुन्दरीजलमा ८५ रोपनिमा फैलिएको क्षेत्रफलमा कार्कीको गाई फार्म छ । जहाँ साढे २ सय गाईहरु छन् । अहिले त कार्कीको फार्ममा दुध दिने गाईको संख्या १ सय २० पुगिसकेको छ । ५५ साना बाच्छी र केही व्याउने गाइहरु छन् । यसले दिन प्रतिदिन व्यवसायिक रुप लिदै गएको छ । ८५ रोपनीमा गाई पालन बाहेक १० रोपनीमा तरकारी खेती गरिएको छ । कार्कीको फार्ममा दैनिक १२ सय देखि १३ सय लिटर दुध उत्पादन हुन्छ । एउटै गाईले दैनिक १५ देखि ५५ लिटर दुध दिने गाईहरु पनि छन् । राजधानीका बिभिन्न स्थानहरुमा यहाँको दुध डेलिभरी हुने गरेको छ । पहिले–पहिले डिपार्टमेन्ट स्टोरहरुमा पनि यहाँको दुध डेलिभरी हुने गर्थ्याे । ३० लिटर दुध दिने गाईलाई झण्डै एक हजार बराबरको दानापानी खुवाउने गरेको उनले बताए । कार्कीले २८ जनालाई रोजगारी दिलाएका छन् । ३ लाख रुपैंयाँको लगानीमा शुरु भएको यस फार्ममा ७ करोड लगानी नाघिसकेको सञ्चालक कार्कीले बताए । थप ८ करोड रुपैंया लोन बैंकबाट अप्रुभ गरिसकेका उनले बताए । ‘मेरो काम देखेर बैंकले कर्जा पत्याउनु पनि नै सफलताको सूचक हो’ कार्कीले मुस्कुराउँदै भने -‘मसँग जग्गा धितो मागेको भए, थिएन । यो प्रोजेक्ट चल्दैनथ्यो ।’ अहिले दैनिक २ लाख रुपैंयाको कारोबार हुने गरेको उनले बताए । यस फार्ममा आएर अवलोकन गरेर, सिकेर जानेहरु थुप्रै छन् । फार्ममा बसेर जाने पनि उत्तिकै छन् । कोही, कसैले यहा केही दिन बसेरै सिक्ने चाहना राखे त्यो इच्छा पनि पूरा हुन्छ । तर, त्यसका लागि नियमभित्र रहेर बस्नु पर्ने हुन्छ । प्राध्यापन पेशाबाट गाई पालनमा हात हालेका कार्कीलाई फरक पेशामा हात हाले जस्तो लाग्दैन । हामी किसानकै सन्तान भएकाले अपग्रेड मात्र भएको हो जस्तो लाग्छ । काम गर्न लजाउदैनन् उनी । त्यही हातले दुध दुहुने, मल बोक्ने, घास काट्ने र चेक काट्ने गर्छन् । बिहान ३ बजे कार्कीको मोबाइलमा अलार्म बज्छ । उनी फार्ममा आइपुग्छन् । गाई दुहुनेदेखि सबै काममा आफै अघि सर्छन् । विश्वविद्यालयको समय बाहेक पूरै समय गाईकै लागि बित्ने गरेको उनी बताउँछन् । ‘गाईहरु बिरामी नहुने बित्तिकै म खुसी हुन्छु ।’ यो क्षेत्रमा समस्याहरु पनि उत्तिकै छन् । कार्कीको नजरमा राम्रा प्राविधिकहरु र दक्ष जनशक्तिको कमी छ । घाँस उद्योगहरु छैन । दाना उद्योगहरु छैन । बजार छैन । गाईहरु पनि उच्च जातका छैनन् । यी मुख्य चुनौतीहरु छन् । दुधको उत्पादन लागत धेरै छ । यसको लागतलाई घटाउनु नै मुख्य चुनौती रहेको उनले बताए । गाई फार्म जल्दाको त्यो पीडा ०७३ असार ३ गतेको कुरा हो । गोकर्णेश्वरको रुप्सेटारमा त्यो बेला कार्कीको गाई फार्म थियो । भक्तपुरबाट उनले फार्म यता सारेका थिए । विद्युत सर्ट भई आगो लागेर ९७ वटा गाई जलेर मरे । ६८ गाई र बाच्छाबाच्छी घाइते बने । हामीलाई पीडा भयो । त्यो समयमा बेचैनी त भयो । त्यो हृदयविदारक घटनापछि पनि उनले यसै व्यवसायलाई निरन्तरता दिए । ‘अरु काम भन्दा मलाई यही नै सजिलो लाग्यो,’ कार्कीले सुनाए । भावी योजना कार्कीले फार्ममा दुई वटा कुरा गर्न चाहेका छन् । पहिलो, स्रोत केन्द्र बनाउने र दोस्रो, रिसर्च सेन्टर खोल्ने । स्रोत केन्द्रमार्फत बाच्छीहरु जन्माएर बजारमा पठाउने उनको योजना छ । रिसर्च सेन्टरबाट आफ्ना अनुभवहरु किसानसँग बाँड्ने उनको चाहना छ । मिनि डेरी प्लान्ट बनाएर दहि, बटर, क्रिम, पनिर, मिठाई बनाउने र त्यसलाई बजारसम्म लैजाने उनको विचार छ । गाई पालनमा आउन चाहने किसानहरुलाई कार्कीका केही सुझाब छन् । मुख्य कुरा आफूले हिम्मत राख्नु पर्यो । चाहना राख्नु पर्यो । त्यसपछि सीप लिन जरुरी छ । व्यवस्थापनको ज्ञान र मार्केट बुझ्न पनि उत्तिकै जरुरी छ । गुणस्तरी दुध उत्पादन गर्न पनि अत्यावश्यक छ । कार्कीका अनुसार सबैभन्दा ठूलो कुरा गाईलाई खुसी राख्न जरुरी छ । गाईलाई स्वस्थकर खानेकुरा दिनुपर्छ । बिरामी पर्दा मानिसलाई जत्तिकै ध्यान दिएर उपचार गर्नुपर्छ । ‘गाई छौं र त हामी छौं ।’ छुट्टिने बेला कार्कीले सुनाए ।
नेपाल विद्युत प्राधिकरणले निकाल्याे लोडसेडिङ तालिका (सूचनासहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाेडसेडिङ्काे तालिका सार्वजनिक गरेकाे छ । जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने प्राधिकरणले सूचना मार्फत जानकारी दिएकाे छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार जुम्लाको विभिन्न स्थानमा हरेक दिन ३ पटक बत्ति जाने भएको छ । सार्वजनिक तालिका अनुसार जुम्लाका विभिन्न स्थानमा दैनिक विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने भएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा बत्ती जाने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटेको बताएको लामो समयपछि बत्ती जाने आउने क्रम बढेको हो । तर, प्राधिकरण भने यसलाई लोडसेडिङ भन्न चाहिरकेको छैन । पा्रविधिक कारणले बत्ति आउने जाने गरेको प्राधिकरण बताउँछ । केही महिना यता काठमाडौं उपत्यका र अन्य ठाउँहरुमा विद्युतमा अनियमित तथा लाइन काटिने समस्या बढेको भन्दै लोडसेडिङ हुने होकि भन्ने आवाज उठिरहेको बेला प्राधिकरणले भने सार्वजनिक सूचना नै जारी गरि लाइन काटिनु लोडेसेडिङ नभई प्राविधिक कारण भएको बताएको थियो । तर, प्राधिकरणको हुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका नै सार्वजनिक गरपछि भने अब अन्य ठाउँमा पनि लोडसेडिङको तालिका आउने होकि भन्ने आशंका गर्न सकिन्छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । जुन २०७३ असोजपछि सार्वजनिक भएको यो पहिलो लोडसेडिङ तालिका हो । सामाजिक सञ्जालहरुमा सो लोडसेडिङ तालिका सार्वजनिक भएपछि प्राधिकरणले अब विस्तारै सबै ठाउँमा लोडसेडिङको तालिका निकाल्न सक्ने भन्दै विरोध भइरहेको छ ।
आजबाट डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’
काठमाडौं । आज (आइतबार)बाट डिशहोमको रियालिटी टिभीमा रियालिटी शो ‘कलाको मेला’ सुरु हुँदैछ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा उक्त कार्यक्रम शुरु हुने भएको हो । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिशमिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुनेछ ।