धन्य भगवान् !

एकाबिहानै, निद्राबाट ब्युँझाएर आमाले भन्नु भो बाबु उठ, भगवान्को पूजा गर । तर खै ! म नदेखिने भगवान्को पूजा कसरी गरूँ…..।। यहाँ हजारौँ भगवान्हरू सडकमा छट्पटाउँदै रोइरहेछन् भोक,शोक र रोगले तिनको दयनीय स्थिति हेर्दै भगवान् म तँलाई महल र मन्दिरको उच्च आशनमा सजाएर के चढाऊँ ।। नित्सेले भनेझै तँ मरेकै होस् मलाई लाग्छ । नत्र दुःखीका कुरा नसुनी किन निर्दयी बनेर चुप बस्थिस् ।। भो, म तेरा लागि अबोध प्राणी अर्पण गर्दिन सुन्दर घुम्टो ओढाएर पुष्प गुञ्छा वर्षाउँदिन मेरा सफलता र सुखका निम्ति तँलाई घुस खुवाउँदिन ।। थाहा छ, मलाई अन्योलमा बाँच्न झैँ तँलाई पनि धेरै गाह्रो छ भगवान् बन्न दुःखी देख्छु तँलाई आजकल किनकि, तँ भन्न सक्दैनस् तिम्रा सफलताका निम्ति मलाई नपुकार रगतले नपोत नधुँवाऊ भनेर ।। पीडामा सम्झन्छन् पोख्छन् दुःख र पीडाहरू तँ स्थिर मूर्ति वा चित्र टुलुटुलु हेरी रहन्छस् अनि सुनी रहन्छस् कहिलेसम्म ? अब भनिदे सत्ययुगमा जसरी जनका मन रुवाएर मेरा पछि नलाग धर्मको अपव्याख्या गरी पण्डित्याइँ नगर नबस लाइन लागेर प्रतीक्षामा अनन्त र अमूर्त मेरा निम्ति ।। त्यो समय बरु कर्म गर आत्म विश्वासका साथ चेतना दे मान्छेलाई मान्छेका रूपमा हेर्न सिका प्राणी जगत्को कल्याण गर्ने विवेक दे धन्य भगवान् ! तँ बल्ल धन्य हुनेछस् ।। तारकेश्वर गापा १ दाङसिङ नुवाकोट

‘हिप्पी ट्रेल’ हुँदै ‘बस टू एभरेष्ट टूर’, नेपाली पनि बस चढेरै लण्डनसम्म जान पाउने

काठमाडौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ । १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको सो टूर प्याकेजमा पर्यटकले बसबाटै सगरमाथाको बेस क्याम्पसम्म यात्रा गर्न पाउने छन् । नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धन गर्न नयाँ अवधारणा आवश्यक भएकोले यस्तो टूर प्याकेज संचालन गर्न लागिएको टूर म्यानेजर ट्रान्स सोलुसन नेपालका डाइरेक्टर धर्मेन्द्र सापकोटाले जानकारी दिए । यस्तो प्याकेज अंग्रेजी महिनाको अप्रिलदेखि सुरु भएर सेप्टेम्बर महिनासम्म ६ महिना चल्नेछ । ‘पर्यटनको प्रचुर सम्भावना भएर पनि नेपालले यसबाट अपेक्षित फाइदा लिन सकेको छैन, पर्यटन क्षेत्रमा अब नयाँ अवधारणासहित काम गर्नुपर्ने आवश्यकता देखिएको छ, यही आवश्यकतालाई मध्येनजर गर्दै हामीले बस टू एभरेष्ट टूर आयोजना गर्न लागेका हौं,’ डाइरेक्टर सापकोटाले विकासन्युजसँग भने । यस्तो टुर देश अनुसार कम्तिमा २३ दिनदेखि बढीमा ६५ दिनसम्मको हुनेछ । पर्यटकलाई फाइभस्टार होटलमा राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटक नेपाल भित्र्याउने मुख्य उदेश्य राखेर संचालन गर्न लागिएको यो टूर प्याकेजमा आएका पर्यटकलाई काठमडौंदेखि सगरमाथाको बेस क्याम्पसम्म जहाजमा लाने र त्यसपछि फर्कदा आफै टिकट काटेर वा टूर संचालकसँग समन्वय गरेर त्यही बस फर्कन पनि पाउने सापकोटाको भनाइ छ । यो टूरमा सबैभन्दा सस्तो भनेको २३ रातको लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले एभरेष्ट–चाइना–उत्तर कोरिया–सोल यात्रा गर्न पाउने छन् । यस्तो खर्चमा खाने, बस्ने लगायतका सुविधा जोडिएको छ । यस्तै, सबैभन्दा महंगो टूर भनेको १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यो टुर गर्न ५७ दिन लाग्नेछ भने पर्यटकले एभरेष्ट–पोल्याण्ड–मिलान यात्रा गर्न पाउने छन् । यात्राको लागि टूर संचालकले युरोपको युरो फिट कम्पनीसँग बसको लागि सम्झौता गरेको छ । सो कम्पनीसँग १२० वटा अत्याधुनिक सुविधा सम्पन्न बस रहेको सापकोटाले बताए । ‘हामीले १२ देशलाई तार्गेट गरेका छौं, ती देशबाट प्रत्येक हप्ता एउटाका दरले रेगुलर रिजर्भ बस छुट्नेछन्, रुट भने बढी मात्रामा १७औं शताब्धीतिर नेपाल आउन पर्यटकले प्रयोग गर्ने गरेको हिप्पी ट्रेल नै हो, त्यसमा पर्यटकीय महत्वका थप डेस्टिनेसन पनि जोड्ने प्रयास गरिएकोले कही यताउता हुन सक्छ,’ सापकोटाले थपे । नेपाली पनि बसमै लण्डनसम्म जान पाउने सो टूर प्याकेज अन्तरगत नेपाली पनि बसमै लण्डनसम्मको यात्रा गर्न पाउने अवसर प्राप्त गर्ने सापकोटाको भनाइ छ । तर, युरोपेली देशले नेपालीलाई सहजै भिसा नदिने भएकोले केही समस्या आउन सक्ने उनले बताए । ‘विभिन्न देशबाट आएका बसहरु एभरेष्ट बेस क्याम्पमा पुगेपछि खाली हुनेछन्, यस्ता बसमा नेपाली वा नेपालमा भएका पर्यटक फर्कन सक्ने सम्भावना पनि हुन्छ, तर, नेपालीले सहजै भिसा पाउन नसक्ने र खर्च पनि बढी लाग्ने भएकोले धेरै पर्यटक पाउन सहज छैन, फेरि हाम्रो लक्ष्य पनि विदेशी पर्यटक नेपाल भित्र्याउने हो, त्यसैले बेस क्याम्पबाट फर्कने बसमा भारतीय, पाकिस्तानी, बंगलादेशी लगायतका पर्यटक बढी हुने गरी हामीले प्रचार प्रसार गरिरहेका छौं,’ सापकोटाले भने ।

बलिउड चलचित्र ‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै, डिशहोमबाटै हेर्न सकिने

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगम” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । तमिल चलचित्र “का पे रनसिंगम” सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने छ । असोज १६ गते रिलिज भएको चलचित्र “खाली पीली” हेर्न चाहने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने छ । दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगम” अथवा “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।