जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको हो । उक्त अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा र्याडिसन होटलले आयोजित गरेको थियो । येलो रोज डे २०२० मा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए । यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तन ल्याउछ र यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्दछ । जोन्टा क्लब अफ काठमाडौंका पुरस्कार कोटि र पुरस्कृतहरु यस प्रकार रहेका छन् ः – प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर: एआईजी डा. आशा सिंह, नेपाल प्रहरी – अमर राना गेम चेन्जर अवार्ड: आयुषी के.सी., प्रमुख कार्यकारी अधिकृत, खालीसीसी – ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप: प्राश्ना भट्टराई – ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी: छिरिङ डिके लामा त्यस्तै, नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५००० रुपौंया प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यो त्यस्ता ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् । सम्मानित हुने महिलाहरु: – लक्ष्मी नापित – नाई (बारबर) – सरस्वती सुवाल – मेकानिक – हर्मिता श्रेष्ठ- साझा बस चालक – मन्धिरा भण्डारी – इलेक्ट्रिशियन सन्नी रौनियार प्रधानको सुन्दर गीत ‘खुल्ला आकाश’ ले यस दिनको थिमलाई समादर गर्दै कार्यक्रमलाई थप रमाइलो बनायो । सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण-क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर-नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो । जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म-रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना-शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् । यो दुई वर्षको अवधी (२०१८-२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ ।

महिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि

भक्तपुर । वाग्मती प्रदेशमा गत वर्षभन्दा यस वर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ११० अाैं  अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वाग्मतीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको हो । इन्सेकले २०१९ जनवरीदेखि डिसेम्बरसम्म नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरेका घटना सार्वजनिक गर्दै वाग्मती प्रदेशमा सन् २०१९ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक हजार ४९४ पीडित भएकामा एक हजार १८४ महिला भएको इन्सेकका प्रदेश संयोजक कृष्ण गौतमले जानकारी दिए । सन् २०१९ को एक वर्षमा वाग्मतीका १३ जिल्लामा महिला अधिकारका घटनाबाट ७४७ र बालअधिकार उल्लङ्घनका घटनामा ३७० पीडित भएका छन् । सोमध्ये बलात्कारका ३८६ घटना भएकामा २५३ बालिका र १३३ महिला पीडित भएको गौतमले जानकारी दिएका हुन् । यस वर्ष ६४ महिला र २० बालिका बेचबिखनमा परेको, १६ बालिकाको विवाह भएको, १२ महिलालाई बोक्सीको आरोपमा यातना दिइएको, बलात्कार घटनाबाट १३३ महिला र २५३ बालिका, यौन दुव्र्यबहारबाट १० महिला र ८० बालिका, बहुविवाहमा १२४ महिला, विद्यालयमा शारीरिक यातना एक बालिका र घरेलु हिंसामा ३७४ महिला पीडित भएको संयोजक गौतमले जानकारी दिएका छन् । रासस

किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन सम्पन्न

काठमाडाैं । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक क्षेत्रको ४५औं सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर चार सयमध्ये करिब तीन सय विदेशीको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताए । उनले बालबालिकामार्फत विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराए । “हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्रीलगायतका समान प्रदान गर्दै आएका छौं, बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, अध्यक्ष लम्सालले भने । किवानिज एशिया प्यासिफिक (एस्प्याक)का सचिव माइकल चुले नेपालले नेपालमा किवानिज एसिया प्यासिफिक सम्मेलन हुनु आफैमा गर्वको कुरा रहेको भन्दैँ एशिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपाली प्रतिको बुझाईमा अझ सकारात्मक भएका उल्लेख गरेका छन् । सम्मेलनमा १५ सय बढी प्रतिनिधि भित्र्याउने लक्ष्य रहेकामा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उपस्थिति कम भएको किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले बताए । उनले किवानिज इन्टरनेशनल नेपालमा हालसम्म देशभर एक हजार ९२ सदस्य सहित ५१ किवानिज क्लव गठन भएको जानकारी दिए । किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले १०५ वर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपालसमेत हुनु आफैमा गर्वको कुरा भएको बताए । उनले नेपालमा आयोजना भएको ४५ औँ एशिया प्यासिफिक सम्मेलनले पर्यटन गन्तव्यका लागि अझै पनि नेपाल एक उत्तम गन्तव्य हो भन्ने सन्देश दिएको उल्लेख गरे । उनले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्यवमा शारिरिक अपाङ्गता भएका १८ वर्ष भन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ताको निशुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिए । यस पटक नेपालमा आयोजना भएको किवानिज इन्टरनेशनल एशिया प्यासिफिक सम्मेलन हेरक वर्ष आयोजना हुने गर्छ । सम्मेलनमा निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन हुने गर्छन् । यसपटक एशिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अष्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन भएका छन् । यस्तै, एशिया प्यासिफिक क्षेत्रबाट ट्स्टीमा तीन बर्ष कार्यकाललाई जापानका बुहेता फुजिवारा र दुई वर्षका लागि फिलिपिन्सका विफ्रेडो जी आगुइलार निर्वाचित भएका छन् । रासस