कोरोनाकाे महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा
वासिङटन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राज्य सङ्कटकालको घोषणा आएको हो । सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका हुन् । अमेरिकामा १ हजार ७ सय १ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको सङ्ज्ञा दिइसकेको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ । इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म कुल १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६० जानमामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क हो । (रासस/एएफपी)
कीर्तिमानी आरोही कामीरिताको जीवनमा खड्केको शिक्षा
काठमाडौं । अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अफठ्याराको प्रवाह हुँदैन, तब न पुग्छन्, विश्वको अग्लो चुचुरो अनि कीर्तिमान थप्दै जान्छन् । तिनै साहसी आरोही हुन् कामीरिता शेर्पा, जसले सर्वोच्च शिखर सगरमाथाको २४ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरे । आरोहणमै जीवन बिताउने यी आरोहीको अझै जोश, जाँगर घटेको छैन । उमेरले ५० टेकेका कामीरिता यसपटक सगरमाथाको २५औँ पटकको सगरआरोहण योजनामा छन् । ‘‘सगरमाथा आरोहणको तयारीमा छु कोरोना भाइरसले असर गरेन भने म २५औँ पटक सगरमाथाको चुुचुरोमा पुग्छु”, कामीरिताले भने, ‘‘मेरो सगरमाथा आरोहण निरन्तर हो, कुनै कीर्तिमानका लागि होइन । सिनियर गाइडको भूमिकामा जाँदैछु ।” यस वर्षको वसन्त ऋतुका सबै आरोहण रोक्ने पर्यटन विभागको निर्णय भएसँगै कामीरिताको आरोहणयात्रामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता सर्वत्र छ । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमण बढेसँगै सरकारले गत फागुन २९ गते यस यामका आरोहण बन्द गर्ने निर्णय गरेको थियो । कारोनाको प्रभावले अन्य क्षेत्रजस्तै नेपालको समग्र पर्यटन क्षेत्रलाई आक्रान्त तुल्याएको छ । ठूलो लगानी भएका होटल, एयरलाइन्सलगायतको पर्यटन व्यवसाय उल्लेख्य रुपमा खस्केको छ । यसपटकको याममा सगरमाथा आरोहण नभए पनि आगामी याममा आरोहण गर्ने कामीरिताको योजना छ । जीवनको ४९औँ वसन्त पार गरेका कामीरितालाई २४ पटक सगरमाथाको चुुचुरोमा पुग्दा पनि एउटै चिजको अभाव खड्किरहेको छ, त्यो हो शिक्षा । समयमा राम्रोसँग शिक्षादिक्षा नपाउँदा विश्व कीर्तिमानको उपाधिले पनि उनको जीवनमा खुशी छर्न सकेको छैन । उनले भने, ‘‘मेरो ४९ वर्षे यात्रामा २४ पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीतिर्मान बनाए तर जीवनमा एउटै खड्केको विषय भनेको पढाइ हो । पढाइ लेखाइ नभएपछि अलि गाह्रो हुँदोरहेछ । जोखिमयुक्त हिमालमा मात्र काम पाइने ।” विश्व कीर्तिमान पाउँदा पनि पढाइ लेखाइलाई नै जीवनको कमजोरी ठान्ने कामीरितालाई यसमा पछुतो भने छैन, ‘‘सायद पढेलेखेको भए म २४ पटक सगरमाथा आरोहण गर्दिनथे होला”, उनले भने । सगरमाथाको विश्व कीर्तिमान कायम गरी नेपाललाई विश्वसामु चिनाउन पाउनु कामीरिताका लागि सबैभन्दा ठूलो खुशीको विषय हो । हिमाल आरोहणलाई पनि खेलको रुपमा राज्यले लिइदिए यसको विकास र आरोहीको संरक्षण हुने उनको बुझाइ छ । त्यसैले आरोहणलाई अन्तर्राष्ट्रिय खेलको रुपमै स्थापित गरिनुपर्नेमा कामीरिताको जोड छ । “सगराथा आरोहण विश्वको साहसिक मुख्य खेलको एक नम्बरमा पर्छ । हैन भने सन् २००८ मा चीन सरकारले विश्वकप आयोजना गर्दा किन सगरमाथाको चुचुरोबाट बत्ती बाल्यो त ? त्यसैले आरोहणलाई अन्तरराष्ट्रिय खेलको रुपमा लिनुपर्छ, सरकारले पनि आरोहीलाई राष्ट्रिय खेलाडीको रूपमा व्यवहार गरिदिए राम्रो हुन्थ्यो ।” आरोहीको भविष्यलाई मध्यनजर गर्दै सरकारले विशेष व्यवस्था गरेको खण्डमा नेपालको आरोहणको भविष्य सुनौलो रहेको उनको भनाइ छ । शेर्पाले भने, “सरकारले आरोहणलाई बलियो बनाएर आरोहीको हेरचाह गर्नुपर्ने अवस्था छ । किनकि नेपालमा पर्यटन भित्र्याउने मुख्य भूमिका शेर्पा र हिमाल हो यिनलाई सुरक्षित गर्नैपर्छ । कामको विशेषज्ञताले विश्वले आरोहणमा शेर्पालाई विश्वास गर्छन्, त्यसैले शेर्पा सम्पत्ति हुन् भनेर राज्यले संरक्षण गर्नुपर्छ ।” उनबाहेक सगरमाथा आरोहणको रेकर्डमा २२ पटक आरोहण गरेको एक जना र २१ पटक आरोहण गरेका तीन आरोही छन् । आरोही कामीरिताले २४ पटकको सगरमाथा यात्रामा कहिल्यै बिना अक्सिजन गएन। किनकि रेकर्ड मात्रै राख्न बिनाअक्सिजन आरोहण गर्नु जीवनको सबैभन्दा जोखिमपूर्ण काम मात्रै होइन, देशका लागि पनि नराम्रो सन्देश दिए। करोडौं खर्च गरेर आउने विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याएर सकुशल ल्याउनसके उनीहरुले बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने शेर्पाको भनाइ छ । त्यसैले सकारात्मक सन्देशका लागि पनि सुरक्षित आरोहणलाई ध्यान दिनुपर्ने बताए । पछिल्लो पुस्ताका आरोही हिमालका लागि अनुभवी र योग्य गाइड छन् । मौसमले साथ दिएमा आरोहणलाई सफल तुल्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुनेछ । कामीरिताको अनुभवमा आरोहीलाई नेपालमा त्यति सम्मान छैन, विदेशमा धेरै इज्जत गर्छन् । “हामी काम गर्नेले के कमाउँछ, त्यही गिनिजबुकको रेकर्ड कमायो त्यहीँ हो । विदेशमा धेरै सम्मान छ । विमानस्थलदेखिनै सेक्युरिटी कार्ड दिन्छन् विदेशीले” चीन, भारत, दुबई, रसिया, अमेरिकालगायत धेरै मुलुकको भ्रमण गरिसकेका कामीरिताले भने । सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए । बाबुआमाको अभिभावकत्वमा काठमाडौँको पारिवारिक जीवन गुजारिरहेका कामीरिताको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताए । शेर्पाले चार पटकसम्म एकै याममा दुई–दुई पटक सगरमाथा चढेको रेकर्ड छ । कामीरितापछि हालसम्म आप्पा शेपा, ङिमनुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका थिए । रासस
आज विश्व सुत्ने दिवस, यस्ता छन् सुत्नुको फाईदा
काठमाडौं । आज विश्व सुत्ने दिवस निन्द्राको महत्वको बारेमा कुरा गर्नलाई विश्वभर हरेक वर्ष विश्व सुत्ने दिवस मनाईन्छ । यो दिनको आयोजना वर्ल्ड सिल्प डे सोसाईटीको कमिटीले गर्न गरेको छ । यो वार्षिक कार्यक्रम स्प्रिङ्ग भर्नल ईक्युनोक्स आउनु भन्दा अगाडिको शुक्रबार मनाईन्छ । हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण गतिविधि मध्ये पनि निन्द्रा पनि एक हो । एक सामान्य मानिस दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्दछ तर हामी धेरै जसो व्यस्त तालिकाको कारण एकदमै कम समय सुतिरहेका हुन्छौं । आसिन जीवनशैलीसँगै जोडिएको हाम्रो कामको प्रेसरले हामीलाई लामो समयसम्म जगाउने गर्दछ । तर निन्द्रा निकै नै महत्वपुर्ण छ । के तपाइलाई थाहा छ कि सामान्यत एक मानिसले औसतमा एक तिहाई समय सुतेर बिताउँछ ? यद्यपी यो उमेर अनुसार फरक पर्न सक्दछ । यदि तपाईलाई बिहान आफ्नो ओच्छ्यानबाट उठ्न गाह्रो हुन्छ भने यसलाई डाईसानिया भनिन्छ । यो बढी थकानको कारण हुने गर्दछ । निन्द्रा हाम्रो शारिरक स्वास्थ्य र भावनात्मक सुस्वास्थयको लागि निकै नै महत्वपुर्ण छ । १. पर्याप्त निन्द्राले तनाव कम गर्दछ यदि तपाइको शरीरले पर्याप्त निन्द्रा प्राप्त गरेन भने यसले तनाव वृद्धि गराउँदछ जुन आजका धेरै मानिसहरुमा जिवनशैलीमा परेका प्रभाव हो । हरेकादिन गहिरो र पर्याप्त निन्द«ाले मात्र यसबाट बच्न मद्धत गर्दछ । २. पर्याप्त निन्द्राले तपाईको स्मरण शक्ति बढाउँदछ के तपाइले कहिले याद गर्नुभएको छ जब तपाई धेरै थकित हुनुहुन्छ तपाईलाई केही पनि कुरा सम्झनको लागि गाह्रो पर्दछ । साधरणतय यो तपाईको दिमागले तपाइलाई निन्द्रा पुगेन भनेर भनेको हो । जब तपाई पर्याप्त र राम्रोसँग सुत्नुहुन्छ, तपाइको शरीर आराम अवस्थामा भएपनि तपाईको दिमाग कुराहरुलाई भण्डारण र संगठित गर्दछ । त्यसैले पर्याप्त र राम्रो निन्द्राले तपाइलाई कुराहरु प्रकृयावद्ध रुपमा समझन मद्धत गर्दछ । ३. शरीरको तौल सन्तुलन राख्दछ निन्द्राले तपाईलाई तौललाई प्रत्यक्ष रुपमा घटाउँदैन तर यसले तपाईको शरीरको हर्मानलाई नियमन गर्दै तपाईको भोकलाई कम गर्न मद्धत गनुको साथै धेरै क्यालोरी युक्त खाना प्रतिको तपाईको मोह कम गर्दछ । ४. पर्याप्त छालामा चमक ल्याउँछ तपाई मान्नस् वा नमान्नुस् तर पर्याप्त निन्द्राले तपाईको छालामा चमक ल्याउन मद्धत गर्दछ । जब तपाई सुत्न जानुहुन्छ तब तपाईको छाला मर्मत भई भोलीको दिनको लागि तयार हुन्छ ।